Monday 12th January 2026

उदयपुरमा जीप दुर्घटना, घटनास्थलमै ५ जनाको मृत्यु


तीतोपाटी – उदयपुरको कटारी नगरपालिका–१४ भदौरे भीरमा शनिबार राती स्कारपिओ दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन्।

भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.२०.च.७१७१ नम्बरको स्कारपियो राती १२ बजे सिद्दिचरण लोकमार्गमा दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु भएकामध्ये तीन जनाको पहिचान खुलेको छैन। जिल्ला प्रहरी कार्यालयका डीएसपी बेदप्रसाद गौतमकाअनुसार ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्ण सार्की रहेका छन्।

दुर्घटनामा परेर मृत्यु भएकामध्ये अन्दाजी ३०/३२ वर्षका पुरुष, ३०/३५ वर्षका पुरुष र अर्की ३०/३५ वर्षकी महिलाको पहिचान भइनसकेको उनले बताए। पहिचान नखुलेका तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो। अहिले मृतकको शव र दुर्घटनामा परेको गाडी घटनास्थलमै रहेको छ।

दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र चालक रुपन्देहीका २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन्। उनीहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको छ।

ब्रेक फेल भएर स्कोरपिओ दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। गाडी सडकबाट करिब एक किलोमिटर मिटर तल खसेको छ। उनीहरु सबै जना भारतबाट दशै मान्नका लागि घरतर्फ आउनेक्रममा भैरहवा क्वारेन्टाइनमा बसेर गाडी रिर्जभ गरी गएको बुझिएको छ।

 


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...