Saturday 3rd October 2026

कविताः नेपाली नेता -श्रीइच्छा केसी


देश विकास गर्छु
भन्ने नेताहरुले
गरे काम त्यसको विपरीत
चुनावको बेला
घर घर गई मिठो बोल्दैं
भोट माग्नेहरु
अहिले जनताबाट भए अपरिचित ।

मेलम्चीको पानी ल्याउँछौ भन्दै थिए
त्यसैको बहानामा करोडौँ डुबाए
युवाशक्तिले बेरोजगार भई
मातृभूमिको बसाई गुमाए
रेमिटेन्सले कति देश चलाउँछौं सरकार
वातावरण मिलाएर आफ्नै देशमा
सिर्जना गर रोजगार ।

बजेट त ल्यायौ पन्ध्र खर्ब जतिको
तर पनि देशको स्थिती सुध्रिएन
कतिको धानखेतमा कार्पेट ओछ्याई
मन्त्रीलाई स्वागत गर्नुपर्ने
गरिब जनता चाहिँ जहिलेपनि
भोकभोकै मर्नुपर्ने ।

जनतालाई ऐन भए पनि
नेतालाई त चैन छ
बलात्कार, हत्या, हिंसा जति बढेपनि
सरकार सधै मौन छ
प्रतियोगिता त भइरहेको छ
देश र जनताको नाउँमा
देश विकासको लागि नभई
आफ्नै खल्ती भर्ने दाउमा ।

प्रकृतिले पनि
कति धोका दिन सकेकी छन्
जनता कहिले बाढीपहिरो त
कहिले महामारीले डर चिन्तामा परेका छन्।
देशमा प्राकृतिक स्रोत त नभएको होइन
उपयोग गर्न पो नसकेको हो
नेताको ढृढ इच्छाशक्तिको कमीले
विकास तर्फ नलम्केको हो ।

सरकारको नारा र भाषणमा
सिमित छ देशको विकास
कहिले होला यि अनगिन्ति
समस्याको निकास
कठैबरी!
मेरो देशको कहिले होला त विकास!

श्रीइच्छा केसी
कक्षा- १०
बृहस्पति विद्यासदन
नक्साल, काठमाडौँ


सम्बन्धित शीर्षकहरु

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष…

प्रतिकृयाहरू
...