Monday 26th October 2020

आफ्नो राजीनामा माग्ने विपक्षीहरूको एकता इमरानको नजरमा ‘डाँकुहरूको एकता’


पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सरकार विरूद्ध पाकिस्तानका विपक्षी दलहरू यतिबेला एकजुट भएका छन्।आफू विरूद्ध एकजुट भएका विपक्षी दलहरूको एकतालाई इमरान खानले ‘डाँकुहरूको एकता’ बताएका छन्।असोज ५ गते पाकिस्तानका पत्रकार सम्मेलन गर्दै विपक्षी दलहरूले गठबन्धनको घोषणा गर्दै इमरानको राजीनामा माग गर्दै उनीविरूद्ध आन्दोलन गर्ने घोषणा गरेका थिए।

उनीहरूले २६ बुँदे संयुक्त सम्झौता पत्र सार्वजनिक गर्दै आन्दोलनमा जाने घोषणा गरेका थिए। गठबन्धनमा पाकिस्तान पिपल्स पार्टी (पिपिपि), पाकिस्तान मुस्लिम लिग नवाज, जमैत उलेमा ए इस्लाम पजललगायतका पार्टीहरू रहेका छन्।’सारा बेरोजगार नेता एकसाथ खडा भएका छन्। यो डाँकुहरूको एकता हो। विपक्षले आफ्नो इच्छा अनुसार जुलुस-जलसा गरून्, कानुन तोडेमा सिधा जेल जानेछन् र त्यो जेल भिआईपी जेल हुनेछैन, आम कैदीवाला जेल हुनेछ’, पाकिस्तानी अखबार ‘जंग’मा इमरानले चेतावनी दिदैं भनेका छन्।

आफू विरूद्ध मोर्चाबन्दी गरेको विपक्षी गठबन्धनविरूद्ध इमरान खरोरूपमा उभिरहेका छन्। उनले यसमा खासगरी नवाज शरीफलाई आफ्नो मुख्य निशाना बनाएका छन्।’विपक्षीको उदेश्य लोकतन्त्र हैन, भ्रष्टाचार बचाउ नेछ। लोकतन्त्र त म हूँ, देशले प्रगति गरिरहेको छ। त्यसैले विपक्षीलाई सरकार ढाल्ने हतारो छ’, इमरानले भने।

वकिलहरूको एक संगठनले आयोजना गरेको एक कार्यक्रममा उनले मुख्य रूपमा शरीफमाथि निशाना साँधे। उनले शरीफ पंजाब पुलिस बन्ने ध्याउन्नमा रहेको आरोप लगाए। ‘नवाज शरीफ सेनालाई पंजाब प्रहरी बनाउन चाहन्छन्। जब उनी सत्तामा हुन्छन् तब सबैमा काबु राख्छन्, आईएसआईलाई काबुमा राख्ने प्रयास गर्छन् अनि लडाईं हुन्छ। यही कारण उनको सेना प्रमुखसँग कुरा मिल्दैन’, उनले भने।

उनले आफूलाई सेनासँग कुनै समस्या नरहेको र सेना हरेक ठाँउमा सरकारसँगै उभिएको दाबी गरे।नवाजले हाल भ्रष्टाचार अभियोगमा सजाय काटिरहेका छन् र पछिल्लो समय उपचारका लागि लन्डनमा छन्।भ्रष्टाचार निवारण संस्था नेशनल एकाउन्टेविलिटी ब्यूरोले नएक मुद्धामा नवाजलाई अदालतमा हाजिर हुने आदेश दिएको थियो। त्यहाँ नवाज हाजिर भएनन् जसका कारण ब्यूरोले उनको पासपोर्ट र परिचयपत्र रद्ध गर्ने सिफारिस गरेको छ। ब्यूरोले उनलाई भगौडा र नगद पुरस्कार घोषणा गरिएको अपराधी बनाउने प्रक्रिया सुरू गरेको छ।

यसका अलावा पाकिस्तान सरकारले शरीफका भाइ र मुश्लिम लिगका अध्यक्ष शहबाज शरीफकी पत्नी र उनका दुई छोरासमेत १० जनाको नाम एक्जिट कन्ट्रोल लिस्टमा राखेको छ। यसको अर्थ उनीहरू देश छोडेर जान सक्दैनन्।आयभन्दा धेरै सम्पतिको मामिलामा शहबाज शरीफको अन्तरिम जमानत खारेज भएपछि उनलाई २८ सेप्टेम्बरमा लाहोर हाइकोर्टबाट पक्राउ गरिएको थियो।तर सरकारको यस कारवाहीबाट विपक्षी दलहरू डराएका छैनन् र इमरानमाथि उनीहरूको हमला कम भएको छैन्।

-सेतोपाटीबाट


Loading...
सम्बन्धित शीर्षकहरु

हिमालकी छोरी बनी जन्मिएकी शैलपुत्री । सबै शक्ति संभावना बोकिकन मनैभरी । आरधना गरेदेखि मनकामना पूर्ण हुने । धनधान्य, आरोज्ञसाथ…

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्सामा पार्टीका कार्यकर्ता हत्या गर्ने जोसुकै भए पनि तुरुन्त कारबाही गर्न…

दुर्गापक्षको मुख्य दिन सोमबार विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर…

प्रतिकृयाहरू