Sunday 5th July 2026

आज २ हजार ७१ जनामा संक्रमणको पुष्टि


तितोपाटी- गत २४ घण्टामा नेपालमा २ हजार ७१ जना नयाँ संक्रमित थपिएका छन् । १२ हजार ४ सय २७ को पीसीआर गर्दा २ हजार ७१ जना नयाँ संक्रमित थपिएका हुन् । थपिएकामध्ये १ हजार ४ सय १६ जना काठमाडौं उपत्यकाका हुन् ।
योसँगै संक्रमितको कुल संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ । जसमध्ये देशभर ३१ हजार ३ सय १५ सक्रिय संक्रमित हुन् ।
त्यस्तै, आइतबार १ हजार ५ सय ५२ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या ७५ हजार ८ सय ४ पुगेको छ ।
आज २२ संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ ।


सम्बन्धित शीर्षकहरु

7 भूमिका मानव सभ्यताको इतिहासलाई हेर्दा प्रत्येक युगलाई कुनै न कुनै आविष्कारले परिभाषित गरेको पाइन्छ। आगोको आविष्कारले मानवलाई प्रकृतिमाथि विजय…

तेहरान, असार १९ (एजेन्सी): अमेरिका–इजरायलको संयुक्त सैन्य आक्रमणमा करिब चार महिनाअघि मारिएका इरानका पूर्व सर्वोच्च नेता Ayatollah Ali Khamenei लाई…

रूसले युक्रेनमाथि ठूलो मात्रामा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेपछि पोल्याण्डले आफ्नो हवाई क्षेत्र सुरक्षित गर्नका लागि लडाकु विमान र हवाई…

प्रतिकृयाहरू
...