Tuesday 17th March 2026

पाँच नम्बर प्रदेशका मुख्यमंत्रीलाई- परदेशीको पत्र


तितोपाटी- अरबको खाडी मुलुकबाट दुई चार शब्द लेख्न मन लाग्यो।यहाँको विषयमा त हजुरहरू के सोच्नु हुन्छ ? थाहा भएन । यहाँबाट हामी भने प्रदेश अनि गाँउ टोल सबै राम्रो होस् भन्ने सोच्ध्छौ।

राजनीति हजुरहरुको पेसा हो ,विचार होइन अहिलेको अवस्था देख्दा। मलाई पार्टी भन्दा नी आजको जुन दृश्य पसीना बगाएर रुममा आउँदा देख्न पाइयो ।धिकार छ ! के देख्न पाइयो।यो अवस्था ल्याउने जिम्बेवार को?प्रश्न छ ?हाम्रो पसीना यसरी तोडेको देख्दा रगत उम्लियो तर के गर्नु । यो नौलो घटना नी होइन? के गणतंत्र यसको लागि आएको हो?

यसको जिम्मा कसले लिने?यस्तो अवस्थामा ल्याउनेहरूले या त आज हाम्रो पसिनाबाट बनेको सम्पती तोड़फोड़ गर्नेहरूले। राजधानी बनाउने पहिलाको अपरिपक्व सोचले जली रहेको यो आगोमा , जल्दै गरेको पसिनाको मूल्य कसले चुकाउने? की जे गरेँ नी हुनि हो आफ्नो मतलवको लागी?

जनता लडाउने !कस्तो रोग लायो हजुरहरुलाई। जुन सुकै अवस्थामा पनि लुटिने हामी किन? यो आगो बुझाउनु जति सको चाडै।

यस्तो महामारीको बेलामा जता गयो ,खाली पदको लडाइँ ,अलिकति त लाज सरम मान्नुहोस।

हाम्रो पसिनाको ईज्जत गर्नुहोस।तपाइहरु किन र केका लागी ?सधै केन्द्रमा लम्पसार पर्नुपर्ने?प्रदेशको सक्ती के?केवल सुविधा खाने? घुम्ने जनता संग झुट बोल्ने होकी कर असुल गर्ने मात्र?

भोटको राजनीति कहिले सम्म?हामी अब विकास चाहन्छौ विनास होइन। बलिरहेको आगोमा अब घीउ होइन,पानी हाल्नु हुनेछ भन्दै पत्र बन्द गरे।

अरबबाट यो परदेशी
नारायण कोइराला- हाल यूएई


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

काठमाडौं। दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझएका छन्। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन्।…

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

प्रतिकृयाहरू
...