Saturday 27th December 2025

कुवेतका नव नियुक्त नवाफ अल-अहमदद्वारा अमिरको सपथ ग्रहण सम्पन्न


तितोपाटी- कुवेतका राजकुमार नवाफ अल–अहमद अल–जाबेर अल–सबाहले नयाँ अमिरका रूपमा सपथ लिएका छन्। बुधबार कुवेती संवैधानिक व्यवस्था बमोजिम संसद्समक्ष उनले सपथ लिएका हुन्।

सरकारको आपत्कालीन बैठकले मंगलबार अल–सबाहलाई अमिरमा नियुक्त गर्ने निर्णय गरेको थियो। ९१ वर्षीय अमिर सबाह अल–अहमद अल–सबाहको मंगलबार उपचारको क्रममा संयुक्तराज्य अमेरिकाको एक अस्पतालमा निधन भएको थियो।

कुवेतको संविधानबमोजिम पूर्व अमिरको निधन भएमा वा पदत्याग गरेमा उनका उत्तराधिकारीलाई नयाँ अमिर घोषणा गर्ने परम्परा छ।

तर, नयाँ अमिरको घोषणा भएपनि संसद समक्ष सपथ गरेपछि मात्र पदभार ग्रहण गर्न पाइने संवैधानिक व्यवस्था छ।
स्वर्गीय अल–सबाह जनवरी २००६ मा कुबेतको अमिर बनेका थिए। त्यसअघि कुबेतमा शेख जाबेर अल–सबाह अमिर हुनुहुन्थ्यो।


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

प्रतिकृयाहरू
...