Friday 10th April 2026

कुवेतका नव नियुक्त नवाफ अल-अहमदद्वारा अमिरको सपथ ग्रहण सम्पन्न


तितोपाटी- कुवेतका राजकुमार नवाफ अल–अहमद अल–जाबेर अल–सबाहले नयाँ अमिरका रूपमा सपथ लिएका छन्। बुधबार कुवेती संवैधानिक व्यवस्था बमोजिम संसद्समक्ष उनले सपथ लिएका हुन्।

सरकारको आपत्कालीन बैठकले मंगलबार अल–सबाहलाई अमिरमा नियुक्त गर्ने निर्णय गरेको थियो। ९१ वर्षीय अमिर सबाह अल–अहमद अल–सबाहको मंगलबार उपचारको क्रममा संयुक्तराज्य अमेरिकाको एक अस्पतालमा निधन भएको थियो।

कुवेतको संविधानबमोजिम पूर्व अमिरको निधन भएमा वा पदत्याग गरेमा उनका उत्तराधिकारीलाई नयाँ अमिर घोषणा गर्ने परम्परा छ।

तर, नयाँ अमिरको घोषणा भएपनि संसद समक्ष सपथ गरेपछि मात्र पदभार ग्रहण गर्न पाइने संवैधानिक व्यवस्था छ।
स्वर्गीय अल–सबाह जनवरी २००६ मा कुबेतको अमिर बनेका थिए। त्यसअघि कुबेतमा शेख जाबेर अल–सबाह अमिर हुनुहुन्थ्यो।


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...