Wednesday 29th July 2026

नयाँ शैलीमा आउँदै ‘मुन्द्रेको कमेडी क्लब’


चर्चित कलाकार जीतु नेपालको रियालटी कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ फेरि संचालनमा आउने भएको छ । कोरोनाको कहरका कारण गत बैशाखबाट बन्द भएको शो असोजको तेस्रोसाताबाट प्रसारमा ल्याउने तयारी भएको छ ।हाँस्य श्रृंखला ‘जिरे खुर्सानी’बाट ‘मुन्द्रे उपनाबाट परिचित  जीतुले ‘मुन्द्रेको कमेडी क्लब’ प्रसारका लागि अहिले छायाँकन तयारी गरिरहेको छन् । ‘शोको शनिबार र आइतबार छायाँकन गर्ने तयारी गरिरहेको छु,’ जीतुले भने, ‘छायाँकन सफल भए तेस्रो साताको सोमबारबाट प्रसारमा आउनेछ ।’ केही नयाँ शैलीमा अवको यो ल्याउने आफ्नो योजना रहेको उनले सुनाए ।हुन त जीतुले आजै सामाजिक संजलामा मार्फत एक स्टाटस पोष्ट गर्दै ‘मुन्द्रेको कमेडी क्लब’ पुनः ल्याउन लागेको समेत लेखेको थिए । जसलाई दर्शकको सकारात्मक प्रतिक्रिया समेत मिलिरहेको छ ।

सरकारको स्वस्थ्य सुरक्षाको नियम पालन गर्दै ‘मुन्द्रेको कमेडी क्लब’ छायाँकन हुने बताएका जीतुले भने, ‘पुरै नयाँ सेटमा, केही नयाँ कलाकारसहित नेपाल सरकारले ? तोकेको मापदण्ड पूरा गरि, सम्पूर्ण स्वास्थ सुरक्षाको नियम पालना गर्दै, सावधानीका साथ हजुरहरुलाई मनोरञ्जन दिन ‘मुन्द्रेको कमेडी क्लब’ छायांकन गर्ने तयारी गर्दैछौँ । अवश्य पनि अबका कार्यक्रम केही फरक लाग्ने छ भन्नेमा विश्वास छ ।’

दर्शकको माया, साथ र हौसला आफूलाई चाहिएको समेत उनले बताएका छन् । जीतुले शोमा के के नयाँ हुने भने अहिले बताउन चाहेनन् । यस शोमा निर्देशक तथा हास्य कलाकार दीपाश्री निरौला अध्यक्ष बनेकी छिन् । शोमा राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राई, काउली बुढीलगायतका कलाकारको प्रस्तुति रहँदै आएको थियो । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको शो टेलिभिजनको लोकप्रिय कार्यक्रम मध्य एक हो ।टेलिचलचित्र, चलचित्र हुँदै कमेडी शोमा प्रवेश गरेका जीतु पछिल्लो समय भने सानापर्दाको श्रृखलामा कमै देखिने गरेका छन् । फिल्ममा भने जीतु पछिल्लो समय रोहित अधिकारीको निर्माण रहेको ‘छ माया छपक्कै’मा देखिएका थिए ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...