Friday 26th April 2024

नयाँ शैलीमा आउँदै ‘मुन्द्रेको कमेडी क्लब’


चर्चित कलाकार जीतु नेपालको रियालटी कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ फेरि संचालनमा आउने भएको छ । कोरोनाको कहरका कारण गत बैशाखबाट बन्द भएको शो असोजको तेस्रोसाताबाट प्रसारमा ल्याउने तयारी भएको छ ।हाँस्य श्रृंखला ‘जिरे खुर्सानी’बाट ‘मुन्द्रे उपनाबाट परिचित  जीतुले ‘मुन्द्रेको कमेडी क्लब’ प्रसारका लागि अहिले छायाँकन तयारी गरिरहेको छन् । ‘शोको शनिबार र आइतबार छायाँकन गर्ने तयारी गरिरहेको छु,’ जीतुले भने, ‘छायाँकन सफल भए तेस्रो साताको सोमबारबाट प्रसारमा आउनेछ ।’ केही नयाँ शैलीमा अवको यो ल्याउने आफ्नो योजना रहेको उनले सुनाए ।हुन त जीतुले आजै सामाजिक संजलामा मार्फत एक स्टाटस पोष्ट गर्दै ‘मुन्द्रेको कमेडी क्लब’ पुनः ल्याउन लागेको समेत लेखेको थिए । जसलाई दर्शकको सकारात्मक प्रतिक्रिया समेत मिलिरहेको छ ।

सरकारको स्वस्थ्य सुरक्षाको नियम पालन गर्दै ‘मुन्द्रेको कमेडी क्लब’ छायाँकन हुने बताएका जीतुले भने, ‘पुरै नयाँ सेटमा, केही नयाँ कलाकारसहित नेपाल सरकारले ? तोकेको मापदण्ड पूरा गरि, सम्पूर्ण स्वास्थ सुरक्षाको नियम पालना गर्दै, सावधानीका साथ हजुरहरुलाई मनोरञ्जन दिन ‘मुन्द्रेको कमेडी क्लब’ छायांकन गर्ने तयारी गर्दैछौँ । अवश्य पनि अबका कार्यक्रम केही फरक लाग्ने छ भन्नेमा विश्वास छ ।’

दर्शकको माया, साथ र हौसला आफूलाई चाहिएको समेत उनले बताएका छन् । जीतुले शोमा के के नयाँ हुने भने अहिले बताउन चाहेनन् । यस शोमा निर्देशक तथा हास्य कलाकार दीपाश्री निरौला अध्यक्ष बनेकी छिन् । शोमा राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राई, काउली बुढीलगायतका कलाकारको प्रस्तुति रहँदै आएको थियो । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको शो टेलिभिजनको लोकप्रिय कार्यक्रम मध्य एक हो ।टेलिचलचित्र, चलचित्र हुँदै कमेडी शोमा प्रवेश गरेका जीतु पछिल्लो समय भने सानापर्दाको श्रृखलामा कमै देखिने गरेका छन् । फिल्ममा भने जीतु पछिल्लो समय रोहित अधिकारीको निर्माण रहेको ‘छ माया छपक्कै’मा देखिएका थिए ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...