Saturday 27th December 2025

कुवेतका राजा सवा अल अहमद अल जावेर अल सवाको निधन


तितोपाटी- कुवेतका राजा सवा अल अहमद अल जावेर अल सवाको निधन भएको छ । ९१ वर्षीय राजा सवा अल अहमद अल जाबेर अल सवाको अमेरिकास्थित अस्पतालमा निधन भएको हो ।

शेख सवालाई आधुनिक कुवेतको विदेश नीतिका जन्मदाता मानिन्छ । उनी सन् १९६३ देखि २००३ सम्म करिब ४० वर्ष कुवेतका विदेशमन्त्री भएका थिए । त्यसपछि उनी प्रधानमन्त्री भए । सन् २००६ मा उनी कुवेतका अमिर (राजा) बनेका थिए ।

सवा अल अहमद अल जबर अल सवाह जीसीबी कुवेतको अमीर र कुवेत सैन्य बलको कमान्डर हो । उनले २९ जनवरी २००६ मा   पाँचौं राजाको रुपमा शपथ लिएका थिए । उनी शेख अहमद अल जाबेर अल सवाका चौथो छोरा हुन् ।

कुवेत सरकारले आमिरको निधनपछि ४० दिने शोकको घोषणा गर्दै सरकारी कार्यालयहरू ३ दिनका लागि बन्द रहनेछ र झण्डा आधा झुकाउने निर्णय गरेको छ।

२०१९ अगष्टमा बिरामी परेका उनलाई जुलाई २०२० मा उनलाई एक शल्यक्रियालगत्तै अमेरिकी सैन्य विमानमा राखेर अमेरिका पुर्‍याइएको थियो । तर, के बिरामी भन्ने खुलाइएको थिएन।

उनी नहुँदा उनका सौतेनी भाइ ८३ वर्षीय युवराज नवाफ अल अहमद अल सबाले सत्ता सम्हालेका थिए । एजेन्सी


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

प्रतिकृयाहरू
...