Tuesday 27th October 2026

योसिहिडे सुगा जापानको नयाँ प्रधानमन्त्री निर्वाचित


तितोपाटी – जापानको नयाँ प्रधानमन्त्रीमा योसिहिडे सुगा निर्वाचित भएका छन् । उनी १ वर्षका लागि प्रधानमन्त्री बनेका हुन् । जापानको सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले सुगाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा उठाएको थियो ।

बुधबार भएको निर्वाचनमा ७१ बर्षीय सुगाको पक्षमा बढी मत खसेपछि सुगालाई प्रधानमन्त्री चयन गरिएको हो । उनले सोमबार भएको आफ्नै पार्टीको निर्वाचनामा ५३४ मध्ये ३७७ भोट ल्याएका थिए ।

नव निर्वाचित प्रधानमन्त्री सुगा आबे निकटका नेना मानिन्छन् । केही दिन अघि निबर्तमान प्रधानमन्त्री सिन्जो आबेले अस्वास्थका कारण समय अवधि पूरा नभई पदबाट राजीनामा दिएका थिए ।

त्यस्तै गरी बुधबार भएको तल्लो सदनमा भएको मतदानमा पनि उनले सहजताका साथ जीत हासिल गरेका हुन् । उनले आजै बुधबार नयाँ मन्त्रीपरिषदको बिस्तार गर्न सक्ने अनुमान गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...