Thursday 29th January 2026

बागलुङमा पहिरोले ५ घर पुरिए, १ जना बेपत्ता


तितोपाटी – बागलुङको जैमिनी नगरपालिका–१ टुनीबोटमा अविरल वर्षासँगै आएको पहिरोले बस्ती बगाउँदा एक पुरुष बेपत्ता भएका छन् भने पाँच घर पुरिएका छन् । अविरल वर्षाको कारण सोमबार विहान साढे ६ बजेको समयमा बस्तीमाथि रहेको सडकबाट झरेको पहिरोले घर भत्किँदा स्थानीय ६८ वर्षीय हरिकृष्ण शर्मा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

पहिरोले टुनीबोटका देवी शर्मा, इन्द्र शर्मा, रत्नबहादुर क्षेत्री, तारादेवी क्षेत्री, र बेपत्ता हरिकृष्ण शर्माको घर पूर्ण क्षति भएको प्रहरीले जनाएको छ ।

आईतबार विहान पनि सोही ठाउँमा पहिरोले मणीभद्रपाध्याको घर भत्किँदा स्थानीय ६५ बर्षिय लक्ष्मीदेवी पाध्याको मृत्यु भएको थियो । घटना स्थलमा नेपाल प्रहरी र स्थानीयवासीले बेपत्ताको खोजी कार्य सुरु गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...