Thursday 17th September 2026

भक्तपुरको मध्यपुर ठिमी -९ मा एकै परिवारका ३ जना मृत अबस्थामा फेला परे


तितोपाटी – भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ को निकोसेरामा एउटै परिवारका ३ जना मृत अवस्थामा फेला परेका छन् । एकै परिवारका तीनजनाको शंकास्पद मृत्यु भएको पाइएको हो ।

महानगरीय प्रहरी वृत्तका अनुसार (आज) शुक्रबार वर्ष ३६ का सुदीप अधिकारी, श्रीमती वर्ष ३४ की सम्भना अधिकारी र छोरा वर्ष १५ का सुशान्त अधिकारीको शव घरमै फेला पारिएको हो । तीनजनाको शव फरक–फरक तलामा भेटिएको प्रहरीले जनाएको छ । शव उनीहरूको आफ्नै घरमा गन्हाइ सकेको अबस्थामा भेटिएको हो ।

महानगरीय प्रहरी वृत्तले यस घटनाबारे अनुसन्धान थालेको बताएको छ । साथै, यस घटनामा संलग्नलाई पत्ता लगाएर सार्वजनिक गर्ने पनि जनाएको छ ।

घरको पहिलो तल्लामा छोरा सुशान्त, दोश्रो तल्लामा श्रीमती सम्झना अधिकारी र कुकुरको शव र माथिल्लो तलामा सुदीप अधिकारीको शव फेला परेको बताइएको छ । केही दिन पहिले नै घटना भएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।

उक्त घटना कहिले भएको र कसले गरेको भन्ने विषयमा अनुसन्धान थालिसकेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते बुधबार नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा व्यक्तिगत रूपमा उपस्थित भएका छन्। सन् २०२५ मा हेग पुर्‍याइएपछि…

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपको सुरक्षा र सहकार्यलाई थप बलियो बनाउन"युरोपियन सेक्युरिटी काउन्सिल" गठन गर्ने प्रस्ताव गरेकी…

पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपाल सहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा अन्तिम चरणमा पुगेको छ। मुद्दा…

प्रतिकृयाहरू
...