Friday 10th April 2026

लघुकथाः घमण्ड -नारायण कोइराला


आज राती आएको ठूलो पहिरोमा परि तल्लो गाँउको बस्ती पुरिएको थियो । झम झम पानी परेको थियो । ठूलो आवाज गर्दै आकाश गर्जिएको थियो।
मानिसहरू रोई कराई गरिरहेका थिए । वरपरका मानिसहरू बिस्तारै जम्मा भए प्रशासनलाई खबर गरियो । सेना, प्रहरी उद्दार कार्यमा खटिएका थिए । रातको समय भयको हुँदा काम गर्न गाह्रो थियो । अवस्था गम्भीर थियो, घाइतेहरुलाई हस्पिटल लगिदै थियो ।
बिस्तारै रात बित्दै गयो, पानी पनि रोकिदै गयो । बिहानको उज्यालो किरण आउन थालेको देखियो । गाउँमा भनी अँध्यारो बढेको थियो । सेतो लुगामा बेरिएका लाशहरू लाईनमा थिए ।बिहानी बढदै गएको थियो, लाशलाई नदी किनार लगियो । जुन लास बाहुन, क्षेत्री, ठकुरी, कामी, सार्की, दमाई, नेवार आदि सबै जात जातिका मानिसहरूको थियो । जब लाश जलाउन चित्ता बनाउने बेला भयो। आ-आफ्ना जाती अलग अलग भएर चित्ता बनाउन थाले । अलग, अलग जाती छुट्टियो । चितामा राख्ने समयमा सबै जाति एक अर्कोको लाश नछुने भए, विभाजन हुने अवस्था आयो।
सबको चित्तामा आगो लगाइयो,आगो दनदनी दनकियो । धुवाँ सबैको उस्तै थियो । आगोले जातभात धर्म केही भनेन । सबै खरानी भए। धुवाँ उडेर आकामै हरायो। मानिसहरू आफ्नो जात अनुसार घरतिर गए ।
म नदीको किनारमा बसि सोँच्न बाध्य भएँ । दुःख पर्दा सबै एक जुट हुने मानिसहरू किन यो अवस्थामा घमण्ड गर्दछन् भननेर । खरानी नदीले बगाएर लागिन् म आफ्नो बाटो लागें ।

तानसेन,पाल्पा
हाल -युएई


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय स्रोतहरूका अनुसार, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानमार्फत वाशिंगटनलाई १०-बुँदे प्रस्ताव पठाएको छ र अप्रिल १० मा इस्लामाबादमा प्रत्यक्ष…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको बमबारी र आक्रमणको अभियानलाई स्थगित गर्ने घोषणा गरेका छन् । इरानले पठाएको १० बुँदे…

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

प्रतिकृयाहरू
...