Monday 28th September 2026

अक्सफोर्डको कोरोना विरूद्धको खोप परिक्षण तत्कालको लागि स्थगित


तितोपाटी – अक्सफोर्ड विश्वविद्यालयको कोरोना विरूद्धको खोप परिक्षण तत्कालको लागि स्थगित गरिएको छ । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरस विरुद्धको खोपको अन्तिम चरणको परीक्षण हाललाई स्थगित गरिएको हो । परीक्षणमा सहभागी एक व्यक्ति बिरामी भएकाले तत्कालका लागि खोप परीक्षण स्थगित गरिएको हो । ती व्यक्ति कसरी बिरामी भए भन्ने अनुसन्धान भइरहेको र त्यो पत्ता लागेपछि मात्रै खोपको परीक्षणलाई पुन: सञ्चालन गरिने एस्ट्राजेनेकाले बताएको छ ।

अक्सफोर्ड र एस्ट्रेजेनेकाले विकास गरेको खोपमा विश्वकै ध्यान केन्द्रित थियो । विश्वका विभिन्न देशमा करिब एक दर्जन जति खोप परीक्षणमा रहे पनि अक्सफोर्डले बनाइरहेको खोप सबैभन्दा अगाडि रहेको बताइएको थियो । पहिलो र दोस्रो चरणको परीक्षण सफल भएपछि छिट्टै नै अक्सफोर्ड र एस्ट्राजेनेकाले बनाएको खोप आम प्रयोगमा आउन सक्ने अनुमान गरिएको थियो । बीबीसीका अनुसार तेस्रो चरणको परीक्षणमा अमेरिका, बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा गरी करिब ३० हजार जनालाई सहभागी गराइएको थियो ।

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)का अनुसार विश्वभर करिब १८० वटा खोपका बारेमा अध्ययन अनुसन्धान भइरहेको छ । तर कुनै खोपको पनि ‘क्लिनिकल ट्रायल’ पूरा भएको छैन । डब्लूएचओको आवश्यक चरण र सुरक्षा मापदण्डबिना कोरोना खोप प्रयोगमा ल्याए त्यसले गम्भीर परिणाम उत्पन्न हुने चेतावनी दिँदै आएको छ ।


सम्बन्धित शीर्षकहरु

युक्रेनले ‘अपरेसन भिभाल्दी’ अन्तर्गत ठूलो ड्रोन प्रयोग गरेर विस्फोटक बोकेको ह्राइफोन (Hryphon) नामक भूमिगत रोबोट रूसी नियन्त्रण क्षेत्रभित्र १० किलोमिटरभन्दा…

भारतको उत्तर प्रदेशमा लगातारको भारी वर्षाका कारण कम्तीमा ५६ जनाको मृत्यु भएको छ। पछिल्लो तीन दिनमा आएको वर्षा र आँधीका…

दक्षिण–पश्चिम यमनको ताइज क्षेत्रमा भएको साउदी हवाई आक्रमणमा ७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्। इरान…

प्रतिकृयाहरू
...