Thursday 25th April 2024

अभिनेता सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणमा वलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ


तितोपाटी – बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ परेकी छिन् । उनलाई बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा पक्राउ गरिएको हो। जी न्युजका अनुसार उनले सुशान्तलाई लागु औषध दिएको आरोपमा पक्राउ गरिएको छ।

भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले रियालाई तीन दिन सोधपुछ गरेपछि प्रकाउ गरेको टाइम्स अफ इन्डिया र इन्डिया टुडेले जनाएका छन् ।

एनसीबीले अभिनेता सुशान्तसिंह राजपुतको मृत्यु प्रकरणबारे सेन्ट्रल इन्भेस्टिगेसन ब्युरो (सीबीआई) ले अनुसन्धान गरिरहेको छ । रियालाई भने लागुऔषध लेनदेन विषयमा एनसीबीले थप अनुसन्धानका लागि पक्राउ गरेको हो । सुशान्त सि‌ंह मृत्यु प्रकरणबारे भारतका तीन वटा जाँच एजेन्सीले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन् । सुशान्तको मृत्युु प्रकरण सीबीआई, आर्थिक मामिला प्रवर्तन निर्देशनालय (ईडी) र लागुऔषधसँग सम्बन्धित विषय एनसीबीले अनुसन्धान गरिरहेको छ ।

गत शुक्रबार एनसीबीले रियाका भाइ सोविक पक्राउ परेका थिए । उनले एनसीबीको अघि आफूले लागुऔषध खरिद गर्दै आएको पनि स्विकारेको समाचारहरुमा बताइएको छ । रियाकै कारण आफूले स्यामुएल मिरान्डालाई ड्रग्स मगाउने गरेको कुरा पनि स्विकारेको बलिउड हंगामाले उल्लेख गरेको छ । सोविकसँगै स्यामुएल एललाई पनि प्रहरीले प्रकाउ गरेको छ । एनसीबीले उनीहरुविरुद्ध लागुऔषध कारोबारमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट, यस क्षेत्रको खुद्रा प्रमुख, कुवेतमा आफ्नो सञ्चालनको २२ औं वार्षिकोत्सव ब्रान्डको अलराइ आउटलेटमा २४अप्रिलमा एक मेगा उत्सवको साथ…

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

प्रतिकृयाहरू
...