Saturday 17th October 2026

जरीवाना तिर्न नसकेका ७० नेपाली यूएई विमानस्थलमा रोकिए


तितोपाटी- यूएईबाट नेपाल एयरलाइन्समार्फत स्वदेश फर्कन टिकट काटेका ७० जना जरिवाना तिर्न नसक्दा विमानस्थलमै रोकिएका छन् ।
भिसाको करार अवधिभित्र स्वदेश फर्कन नपाउँदा लागेको ओभरस्टेबापतको जरिमाना तिर्न नसक्दा टिकट काटेर स्वदेश फर्कन विमानस्थल प्रवेश गरेका ७० जना रोकिएकाे नेपाल एयरलाइन्सले जानकारी दिएको छ ।
टिकट काटेर घर फर्कन विमानस्थल पुगिसकेका नेपालीहरू यूएईको अध्यागमनमा जरिवानाबापतको रकम बुझाउन नसक्दा विमानस्थलमै रोकिने गरेका छन् ।
कोरोना भाइरसको महामारीका कारण समय अवधिभित्र स्वदेश फर्कन भिसा सकिएपछि जति दिन बसेको हो, त्यसअनुसार प्रत्येक दिनबापतको जरिमाना तिर्न नसक्दा उनीहरू रोकिएका हुन् । तर, जरिवाना तिर्न सक्दा कति नेपाली फर्कन पाएका छैनन् भने फर्कनेहरूमा पनि धेरैजसो जरिवाना तिरेरै फर्कने गरेको एयरलाइन्स कम्पनीहरूले जनाएका छन् ।

यूएईले मार्चभन्दा अघि भिसाको अवधि सकिएकालाई जरिवाना मिनाह गरिदिएपछि त्यसपछि भिसाको अवधि सकिएका र समय अवधिभित्र स्वदेश नफर्कनेलाई जरिमाना लिन थालेको छ ।
१६ भदौदेखि यूएईबाट नियमित उडान खुलेपछि कोरोनाका कारण समस्यामा परेका नेपाली स्वदेश फर्कन थालेका छन् । यूएईबाट हिमालय एयरलाइन्स, फ्लाई दुबई र एयर अरेबियाले पनि उडान भरिरहेका छन् ।-साभार शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सुरु, पहिलो चरणमा १५० किलोमिटर सडकको अध्ययन गरिने 8 काठमाडौं — नेपालको हिमाली क्षेत्रलाई…

प्रतिकृयाहरू
...