Thursday 25th April 2024

खाशोगीको हत्या मुद्दामा साउदी अदालतले ८ जनालाइ जेल सजायँ सुनायो


तितोपाटी – साउदी अरेबियाली अदालतले सन २०१८ को अक्टोबरमा हत्या भएका साउदी पत्रकार जमाल खाशोगीको मुद्दामा अन्तिम फैसला सुनाएको छ जसमा आठजनालाई सात वर्ष देखि २० वर्ष सम्मको जेल सजाय सुनाइएको छ।

पाँच व्यक्तिलाई २० बर्षको जेल सजाय सुनाइएको छ, एक व्यक्तिलाई १० वर्ष कैद र दुई जनालाई सात बर्षे जेल सजाय सुनाइएको छ।

साउदी अरबका प्रसिद्ध पत्रकारमध्ये एक मानिएका वाशिंगटन पोस्टका पत्रकार रहेका जमाल खाशोगीको हत्या उनी आफ्नो अघिल्लो विवाहको सम्बन्धविच्छेद प्रमाणित गरेको कागजात लिन टर्कीको इस्तानबुलस्थित महावाणिज्य दूतावासमा गएको समयमा दूतावास भित्रै भएको थियो ।


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले गौर हत्याकाण्डविरुद्ध कारण देखाऊ आदेश जारी गरेको हो । बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेश…

नेपाली कथानक चलचित्र “महाजात्रा” यहि २५ अप्रिल २०२४ बिहीबारबाट कुवेतमा प्रदर्शनमा आउने भएको छ। कुवेत फाहाहिल स्थित आजीएल मलमा रहेको…

नेपाल र कतारबीच विभिन्न विषयमा सम्झौता तथा समझदारी भएको छ । कतारका अमिर तमिम विन हमाद अल थानीको नेपालको राजकीय…

प्रतिकृयाहरू
...