Monday 24th August 2026

कोभिड विरूद्धको चीनको भ्याक्सिन करिब १० देशमा ट्रायल गर्ने तयारी


तितोपाटी – चीन नेसनल बायोटेक ग्रुप (सीएनबीजी) र साइनोवाक बायोटेक लिमिटेडले चीनमा बनेको कोरोना बिरूद्धको खोपको ट्रायल करिब १० देशमा गर्ने जनाइएको छ । त्यसका लागि संयुक्त अरब इमिरेट्स, बहराइन, पेरु, मोरक्को, अर्जेन्टिना र जोर्डान लगायतका देशमा ट्रायल सुरु हुनेछ ।

यस अघि गत शनिबार तेश्रो चरणको परिक्षणको लागि पाकिस्तान र सर्बिया लगायतका ४ देशले चीनमा बनेको कोरोनाविरुद्धको खोपको अन्तिम क्लिनिकल परीक्षणलाई अनुमोदन गरेको जनाएको छ। सर्बिया र पाकिस्तान ट्रायलको तेस्रो चरणमा सहमति जनाउने देशहरूमध्ये रहेको र दुई अन्य कम्पनीहरूले केही थप डाटा मागेको बताइएको छ । चीनमा कोरोना भाइरस संक्रमणको धेरै कम घटनाहरू छन्, जसको कारणले अन्य देशहरूमा चीनले यसको क्लिनिकल परीक्षणहरू गरिरहेको छ।

सर्बियामा सीएनबीजीलाई अनुमति दिएको दुई वटा भ्याक्सिनको ट्रायल टेस्ट हुनेछन् । उक्त दुई भ्याक्सिन वुहान र बेइजिङका यूनिटमा तयार पारिएको हो । उक्त भ्याक्सिनको ट्रायल पाकिस्तानमा हुने जनाइएको छ।


सम्बन्धित शीर्षकहरु

एक महिनाअघि उद्घाटन गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि निजी सवारीसाधनका लागि पनि सञ्चालनमा ल्याइएको छ। नौ सिटसम्मका कार, जीप र भ्यानलाई…

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा छुट्टाछुट्टै…

अमेरिका र इरानबीचको तनाव पुनः तीव्र बनेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले वाशिङ्टनले इरानलाई टिकाइराख्ने “हरेक आर्थिक जीवनरेखा काट्ने” नीति…

प्रतिकृयाहरू
...