Saturday 27th December 2025

कोभिड विरूद्धको चीनको भ्याक्सिन करिब १० देशमा ट्रायल गर्ने तयारी


तितोपाटी – चीन नेसनल बायोटेक ग्रुप (सीएनबीजी) र साइनोवाक बायोटेक लिमिटेडले चीनमा बनेको कोरोना बिरूद्धको खोपको ट्रायल करिब १० देशमा गर्ने जनाइएको छ । त्यसका लागि संयुक्त अरब इमिरेट्स, बहराइन, पेरु, मोरक्को, अर्जेन्टिना र जोर्डान लगायतका देशमा ट्रायल सुरु हुनेछ ।

यस अघि गत शनिबार तेश्रो चरणको परिक्षणको लागि पाकिस्तान र सर्बिया लगायतका ४ देशले चीनमा बनेको कोरोनाविरुद्धको खोपको अन्तिम क्लिनिकल परीक्षणलाई अनुमोदन गरेको जनाएको छ। सर्बिया र पाकिस्तान ट्रायलको तेस्रो चरणमा सहमति जनाउने देशहरूमध्ये रहेको र दुई अन्य कम्पनीहरूले केही थप डाटा मागेको बताइएको छ । चीनमा कोरोना भाइरस संक्रमणको धेरै कम घटनाहरू छन्, जसको कारणले अन्य देशहरूमा चीनले यसको क्लिनिकल परीक्षणहरू गरिरहेको छ।

सर्बियामा सीएनबीजीलाई अनुमति दिएको दुई वटा भ्याक्सिनको ट्रायल टेस्ट हुनेछन् । उक्त दुई भ्याक्सिन वुहान र बेइजिङका यूनिटमा तयार पारिएको हो । उक्त भ्याक्सिनको ट्रायल पाकिस्तानमा हुने जनाइएको छ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

प्रतिकृयाहरू
...