Monday 28th September 2026

कोभिड बिरूद्धको खोप सन् २०२१ को मध्य सम्ममा बजारमा आउने विश्व स्वास्थ्य संगठनको भनाइ


विश्व स्वास्थ्य संगठनले कोभिड– १९ विरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुन सक्ने बताएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकले यो खोप आइसकेपछि पनि ठूलो मात्रामा बजारमा आउनका लागि कम्तीमा पनि आगामी वर्षको मध्यसम्म लाग्न सक्ने बताएका हुन् ।

विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिक सोउम्य स्वामीनाथनले शुक्रबार पत्रकार सम्मेलनका क्रममा यसकाे जानकारी दिएको बताइएको छ । उनले पत्रकार सम्मेलनका क्रममा भनेका थिए, ‘मलाई लाग्छ यो खोप बजारमा आइसक्नका लागि अर्को वर्ष अर्थात् सन् २०२१ को मध्यपछि मात्र सम्भव हुन सक्छ ।’

त्यस समयमा खोप बजारमा आउने र त्यसपछि विश्वका विभिन्न देशमा पनि पुग्न सकने देखिएको भन्दै उनले त्यसपछि विभिन्न देशमा त्यहाँका नागरिकलाई खोप लगाउन सकिने बताए ।
उनले उक्त खोपको पछिल्लो लट अर्थात् तेस्रो तहमा हुन लागेको ट्रायल यसै वर्षको अन्त्यसम्ममा मात्र पूरा हुने बताए ।

त्यस ट्रायलको परिणाम यसै वर्षको अन्त्यसम्ममा या आगामी वर्षको सुरुसम्ममा आइसक्ने र त्यसपछि खोपको उत्पादन प्रक्रिया सुरु हुने जानकारी पनि प्रमुख वैज्ञानिकले दिए ।-रासस


सम्बन्धित शीर्षकहरु

अमेरिकी गुप्तचर संस्था सीआईएले रुसले स्पेन, इटाली र फ्रान्सलाई लक्षित गर्दै ड्रोन आक्रमण गर्न सक्ने सम्भावनाबारे केही भूमध्यसागरीय देशलाई जानकारी…

अमेरिका र इरानबीच परमाणु कार्यक्रमलाई लिएर फेरि वार्ता हुने सम्भावना देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु विषयमा ठोस…

अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो शक्तिशाली रकेट स्टारशिप सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। रकेटले २६ वटा स्टारलिङ्क इन्टरनेट उपग्रहलाई कक्षामा स्थापित…

प्रतिकृयाहरू
...