Friday 16th January 2026

गजल -मुस्कान ‘मुस्कान’


ठुला-ठुला उद्योगधन्दा, गर्नेलाई कर हुँदैन ।
घुसमा चल्ने नेपाल, सरकारको भर हुँदैन ।।

हामी सबै नेपालीको, घर घरमा यसपाली
पहिलेको जस्तो खुशीको जमघट, दर हुँदैन ।।

तिमी परिश्रम गर, जताततै बिक्न सक्छाै
अनि कसैको दबाबमा, बाँच्ने डर हुँदैन ।।

अब जात, धर्मको घमण्ड गर्न छोडिदेउ
घाटमा पुगेपछि कसैको घर, थर हुँदैन ।।

तिमी यस्तो ब्यक्तिलाई राहत दिएर जाउ
जसको वर्षायाममा, ओत लाग्ने घर हुँदैन ।।

-मुस्कान ‘मुस्कान’
जिल्ला-धनकुटा
नगरपालिका- पाख्रीबास
मो नं.9848877361


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...