Tuesday 17th March 2026

लघु कथाः पासो


नारायण कोइराला – एउटा सानो रुममा साथीहरु गफमा मस्त छन्। एउटा लगेज पनि तयार गरिएको छ। कोरोनाको महामारी छ। विमललाई पर्सी घर जानु थियो। सबै तयारी पूरा भएको छ। आज उसको घरतिर सबै खुसी छन्। छोरा छोरी बाबाको कोसेलीको पर्खाइमा छन्।श्रीमतीको मनमा खुशीको लहर थियो।आमा बाबु धेरै वर्षमा आऊनी छोराको पर्खाइमा थिए।

विमल अचानक तर्सिए । सबैले समाचार सुने। सबै उडान अनिश्चितकालको लागि बन्द गरिएको थियो।
विमल क्यान्सिल जाने भएकाले विदेशको जागिर पनि सकिएको थियो।अब के गर्ने सबै बाटो बन्द भो। महामारी झन फैलिदै गयो, घर तिर सबै चिन्तामा अनि विमलको त मन कमजोर हुँदै गयो । के गर्ने सबथोक बन्द छ कोरोनको पासो झन बढी रह्यो ।

लामो समय पछि स्पेसल उडान सुरु भयो। धरै पीडा र दुःख पछि फेरि आशा पलायो। सुरुमा विमलको नाम आऊन सकैन । स्पेसल उडानको नाममा लुट मच्चियो । सबथोक गुमाएका उनीसंग के नै थियो र? लामो अंतराल पछि उनको पालो आयो । विदेसबाट त उनले कोरानको पासोलाई जित्न सके। अझै पनि दुनियाँ कहिले सम्म पासोमा पर्ने हो सोची रहे।

तानसेन पाल्पा
हाल यूएई।


सम्बन्धित शीर्षकहरु

काठमाडौं। दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझएका छन्। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन्।…

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

प्रतिकृयाहरू
...