Sunday 7th September 2025

नेकपाले वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने


तितोपाटी – नेकपाले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने भएको छ । प्रधानमन्त्री केपी ओली गाैतमलाइ राष्ट्रिय सभामा लैजान सहमत भएपछि बिहीबार बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा पठाउने औपचारिक निर्णय गरेको हो ।

ओलीले अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिन खोजेका थिए । पूर्ववत निर्णयअनुसार आफू राष्ट्रिय सभा सदस्य भई सरकारमा जाने उपाध्यक्ष गौतमले सार्वजनिक रूपमै दाबी गरेपछि प्रधानमन्त्री ओलीमाथि ठूलै नैतिक दबाब परेको थियो ।

राष्ट्रपतिले मनोनयन गर्ने एक सांसदको पद राष्ट्रिय सभामा खाली छ । खाली पदमा गौतमलाई मनोनयन गर्ने बारेमा गत १४ फागुनमा बसेको नेकपाको सचिवालय बैठकमा निर्णय भएको थियो तर उक्त निर्णय अहिलेसम्म कार्यान्वयनमा जान सकेको थिएन ।

संसद् सदस्य नरहे पनि ६ महिना मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाको जगमा पछिल्लोपटक फागुनमा अर्थमन्त्रीमा निरन्तरता पाएका खतिवडाको कार्यकाल २१ भदौमा सकिँदै छ ।


सम्बन्धित शीर्षकहरु

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पातलो ढंगले धम्की दिएका छन्, यदि उनी कीभसँगको द्वन्द्वमा…

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युद्धविराम पछि २६ पश्चिमी देशहरूले युक्रेनमा सेना तैनाथ गर्न सहमत भएको बताएका छन्। म्याक्रोनका अनुसार, यी…

जेरुसेलम: इजरायलका अति-दक्षिणपन्थी अर्थमन्त्रीले बुधबार भने कि कब्जा गरिएको पश्चिम किनारको भूभाग कब्जा गर्न नक्सा बनाइँदैछ, प्यालेस्टिनीहरूले राज्यको लागि खोजिरहेको…

प्रतिकृयाहरू
...