Sunday 29th March 2026

नेकपाले वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने


तितोपाटी – नेकपाले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने भएको छ । प्रधानमन्त्री केपी ओली गाैतमलाइ राष्ट्रिय सभामा लैजान सहमत भएपछि बिहीबार बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा पठाउने औपचारिक निर्णय गरेको हो ।

ओलीले अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिन खोजेका थिए । पूर्ववत निर्णयअनुसार आफू राष्ट्रिय सभा सदस्य भई सरकारमा जाने उपाध्यक्ष गौतमले सार्वजनिक रूपमै दाबी गरेपछि प्रधानमन्त्री ओलीमाथि ठूलै नैतिक दबाब परेको थियो ।

राष्ट्रपतिले मनोनयन गर्ने एक सांसदको पद राष्ट्रिय सभामा खाली छ । खाली पदमा गौतमलाई मनोनयन गर्ने बारेमा गत १४ फागुनमा बसेको नेकपाको सचिवालय बैठकमा निर्णय भएको थियो तर उक्त निर्णय अहिलेसम्म कार्यान्वयनमा जान सकेको थिएन ।

संसद् सदस्य नरहे पनि ६ महिना मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाको जगमा पछिल्लोपटक फागुनमा अर्थमन्त्रीमा निरन्तरता पाएका खतिवडाको कार्यकाल २१ भदौमा सकिँदै छ ।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...