Sunday 29th March 2026

कोरोना परिक्षणको शुल्क घट्यो, लक्षण देखिएका बिरामीलाइ मात्र निःशुल्क परिक्षण गरिने


तितोपाटी – नेपालमा कोरोना भाइरस (कोभिड-१९) परीक्षणको शुल्क घटेको छ । अब उप्रान्त जम्मा ४ हजार ४ सयमा पीसीआर परीक्षण गराउन सकिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार आइतबारबाटै लागू हुनेगरी कोरोना परीक्षणको शुल्क घटेको हो। त्यसै गरि कोरोना संक्रमणको लक्षण देखिएका बिरामीलाइ मात्रै निःशुल्क परिक्षण गरिने निति पनि सरकारले लिएको छ ।

यसअघि सरकारले पीसीआर परीक्षण गराउन ५५ सय रुपैयाँ शुल्क तोकेको थियो। सरकारले लक्षण देखिएका व्यक्तिको मात्र कोरोना परीक्षण निःशुल्क गर्ने भए सँगै अब लक्षण नदेखिएका व्यक्तिले भने सरकारले अनुमति दिएका अस्पतालमा गएर शुल्क तिरेर परीक्षण गराउनु पर्नेछ।

त्यसै गरि सरकारले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसरण गर्दै कुनै पनि अस्पतालमा उपचार गरिरहेका कोरोना संक्रमितको पहिलोपटक स्वाब लिइ सके पछि पुनः १० अाैं दिनमा पीसीअार परिक्षण गर्ने, नेगेटिभ अाएमा डिस्चार्ज गर्ने र पोजिटिभ अाएमा त्यसपछि भने परिक्षण नगरी ४ दिन पछि डिस्चार्ज गर्न गराउन पनि सबैमा जानकारी पनि गराएको छ ।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...