Saturday 3rd October 2026

पाकिस्तानमा बाढीको वितण्डा, कम्तिमा ८० को मृत्यु


तितोपाटी – पाकिस्तानमा भीषण बाढीको कारण कम्तिमा ८० जनाको मृत्यु भएको जनाइएको छ । केही दिन यता त्यहाँ जारी वर्षाका कारण बाढीको प्रकोप देखिएको छ । सिन्ध प्रान्तका केहि जिल्ला र बलुचिस्तान प्रान्तमा समेत बाढीले असर गरेको छ भने पाकिस्तानको राजधानी कराँची शहरमा बाढीले बढी क्षति पुर्याएको समाचारमा जनाइएको छ । कराँचीमा मात्रै ४७ जनाको मृत्यु भएको जनाइएको छ । भारी वर्षा भइ नै रहेकोले प्रशासनले सबैलाइ सतर्क रहन सूचना जारी गरेको छ । कतिपय स्थानमा विद्युत अापुर्तिमा समस्या भएको  र मोवाइल नेटवर्क सम्पर्क समेत हुन नसकेको त्यहाँबाट प्रकाशित अनलाइन समाचार पोर्टल ‘द न्यूज’ ले जनाइएको छ ।

कराँचीको मौसम विभागले दिएको जानकारीमा उक्त नगरमा पहिलो पटक १२ घन्टामा नै निकै भारी मात्रामा पानी परेको थियो । शहरका सडकहरू नै नदीमा परिणत भएका छन् भने उद्दारको लागि सेनालाइ परिचालन गरिएको छ ।

बाढीमा फसेका सयौँ व्यक्तिलाई उद्धार गरिएको छ भने यहाँका हजारौँ व्यक्ति बाढीबाट विस्थापित भएका छन् । अकस्मातको भारी वर्षाका कारण त्यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ । त्यसैगरी त्यहाँका धेरै क्षेत्रमा भौतिक संरचनाहरुमा पनि क्षति पुगेको बताइएको छ ।

 


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...