Sunday 18th January 2026

श्रमसहचारी ज्ञानेन्द्र शर्मालाई मोना कुवेतले गर्यो बिदाई


म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले नेपाली दूतावास कुवेतका श्रमसहचारी तथा मोना कुवेतका मानार्थ सल्लाहकार ज्ञानेन्द्र शर्मालाई एक विशेष कार्यक्रमको आयोजना गरी बिदाइ गरेको छ ।

मोना कुवेतका अध्यक्ष प्रेम बहादुर बिश्वकर्मा, उपाध्यक्ष मान बहादुर फगामी, महासचिब चन्द्र बिश्वकर्मा, सहसचिब तेजिन श्रेष्ठ र कोषाध्यक्ष कृष्ण प्रसाद खड्काले नेपाली दूतावासका श्रमसहचारी तथा मानार्थ सल्लाहकारलाई दोसल्ला, खादा लगाई उहाँले गनु भएको कार्यको उच्च मुल्याङ्क गर्दै प्रशंसा पत्रले सम्मान गरी बिदाई गरेको छ । उक्त बिदाई कार्यक्रममा बोल्दै श्रमसहचारीले भन्नुभयो कुवेतको बसाईलाई बिट मारी जादै गर्दा निकै दुख लागेको छ । भावि दिनमा कुवेतमा कार्यरत नेपालीको समस्यामा सक्दो सहयोग गर्ने साथै मोना कुवेतको लागी पनि जुनसुकै ठाउँमा रहे पनि आफुले सक्दो सहयोग गर्ने बताउनु भएको छ ।

म्याग्दी जिल्ला पात्लेखेत स्थायी घर भएका ज्ञानेद्र शर्मा २०७४ पुस ०५ गते नेपाली दूतावास कुवेतका लागि श्रमसहचारीको रुपमा कुवेत आउनु भएको थियो । नेपाली दूतावास कुवेतमा झण्डै ३१ महिना काम गरी २९ अगष्ट २०२० का दिन बिहाना १० बजे नेपाल एयरलाइन्सको फ्लाइटबाट नेपाल फर्किदै हुनुहुन्छ ।

कुवेतमा नेपालीको समस्यामा हरदम सहयोग गर्दै आउनु भएका श्रमसहचारी आफ्नो सफल कार्यकाल पुरा गरी नेपाल फर्किन लाग्नु भएको हो । कुवेतमा नेपालीहरुको हरेक समस्या समाधान गर्न तल्लिन रहनुको साथै कुवेतमा रहेका कृयाशिल संघ सस्था संग पनि श्रमसहचारीले निकै राम्रो समन्वय गर्नु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...