Sunday 29th March 2026

सरकारद्वारा कोभिड-19 उपचारको लागि देशभर ६००० बढि शैया थप


तितोपाटी – नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को उपचारका लागि देश भर ६ हजार भन्दा बढि शैया थप गरेको जनाएको छ । शुक्रबार अपरान्ह स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमले सो कुराको जानकारी दिएका हुन् । नेपालमा कोरोना संक्रमितको संख्या अनपेक्षित रूपमा बढ्न थालेपछि सरकारले अस्पतालमा कोभिड-19 उपचारको लागि शैया संख्या बढाएको हो ।

यसका लागि सरकारले केन्द्रका अस्पतालहरूमा एक हजार शैया थप गरेको छ । प्रादेशिक अस्पतालमा १ हजार ९ सय ५७ शैय्या थप गरिएको छ । यस्तै, अस्पताल नभएका ६ सय ४९ स्थानीय पालिकामा प्रति पालिका ५ शैयाको अस्पतालको दरले ३ हजार २ सय ४५ शैय्या अावश्यक जनशक्ति सहित थप गरेको प्रवक्ता गाैतमले जानकारी दिएका छन् ।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...