Sunday 29th March 2026

कोरोना नियन्त्रणमा जन सक्रियता अपरिहार्य


बि. आर. उप्रेती – संसार भर नै महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगको खोप र अन्य औषधि आजसम्म विश्वमा कतै पनि पत्ता लागेको छैन । यस रोगको बारे धेरै देशका बैज्ञानिकहरु खोज तथा अनुसन्धानमा व्यस्त छन् । तर हालसम्म संसारमा धेरै जना मानिसको ज्यान गई सक्यो र मर्नेहरु पनि अत्यधिक संख्यामा मरिरहेका छन् । नेपालमा पनि पहिला त १०/१५ जना संक्रमित र १/२ जना त्यही रोगबाट मृत्यु हुँदा ओहो ! आम्मै ! भन्थे, अब अहिले दिनमा हज्जारौं जनामा संक्रमण र १०/११ जना दैनिक मरेको देख्दा सुन्दा कति भयावह होला ?
सरकारले लगभग ३ महिना लकडाउन गर्दाको अवधिमा केही नियन्त्रण भएको देखियो तर लकडाउन खुला भए पछि के भइ रहेको छ ? हामीले दैनिक हेर्ने, बुझ्ने गरेका छौँ त । अब लकडाउन वा ठाउँ ठाउँमा निषेधाज्ञा जारी गरेर मात्र यो रोग नियन्त्रण होला त ? पत्यार लागेन ।
अब त सरकारले मात्रै त लकडाउन, कर्फ्यु वा अन्य विधिबाट यो रोग नियन्त्रण होला जस्तो लागेन, बरु जनताहरु आफै आ- आफ्नो गाउँ टोलमा तपसिल अनुसारका कार्यविधिलाई यो महामारी रोग नियन्त्रणको मुल तरिका ठानी सकेसम्म चाँडै कार्य थालनी भएमा धेरैको ज्यान जोगिने संभावना देखिन्छ ।
Covid – 19 को यस महामारी रोगको नियन्त्रणका लागि निम्न उपायहरु गर्नु नितान्त आवश्यक देखिन्छ ।
– संबंधित टोलका ३ देखि ५ जनासम्म समाजका अगुवा व्यक्तिहरु यस कार्यको लागि अग्रसर हुने ।
– पहिला आ- आफ्नो गाउँ /शहरको अनि टोलको कति घर धुरी छन् रेकर्ड तयार गर्ने,
– आफ्नो समाज टोलमा यहाँदेखि यहाँसम्मको घर भनि त्यति घर धुरीका परिवारहरु भेट्ने र संबंधित काम कुराहरु जानकारी गर्ने/ गराउने र निगरानी राख्ने ।
– उपरोक्त टिमको काम कर्तव्यहरु :-
क. मास्क लगाउन अनिवार्य छ भनि सम्झाउने ।
ख. साबुनपानीले दिनमा कति पटक हात धुने गरेको छ भनेर सोध्ने र पटकपटक हात धुन लगाउने ।
ग. सकेसम्म बिना काम हिंड डुल नगर्न र अत्यावश्यक भएमा मास्क लगाएर मात्र घरबाट निस्किनु पर्छ भन्ने ।
घ. घरमा दीर्घ रोगी, दैनिक औषधि सेवन गर्ने बिरामी र बाल बच्चाहरुको बढी रेखदेख गर्नु पर्छ भन्ने ।
ङ. बाहिरबाट आएका जो कसैलाई पनि आफ्नो टिमको निश्चित एरिया भित्र पस्न कुनै हालतमा पनि नदिने ।कोही मानिस बाहिरबाट आएको भेटिएमा फर्काई दिने ।
च. फलफूल, तरकारी, लत्ताकपडाको पोका, खाद् मल आदि बिक्री गर्न आयो भने त्यसलाई त्यतैतिर फर्काई दिने ।
छ. गाडी, मोटरसाइकल, साइकल र अन्य सवारीसाधनहरु अति आवश्यक कामका बाहेक अरु चल्न नदिने
ज. होटल, चोक चौतारामा बसेका मानिसहरू भौतिक दुरी कायम गरी बसेका छन् या छैनन् बारम्बार रेखदेख गर्ने ।
झ. स्थानीय दोकान बिहान ६ बजे देखि ८ बजेसम्म र बेलुका ५ बजेदेखि ७ सम्म मात्र खोल्न दिने, सामान किनबेच गर्दा पनि भौतिक दुरी कायम गरेका छन कि छैनन् निगरानी गर्ने।
ञ. दुध संस्थान केन्द्र, सैलुन लगायत भिडभाड हुने कुनै पनि स्थानको बारम्बार निगरानी राख्ने र दुई तिन जना भन्दा धेरै मानिसहरू कतै पनि जम्मा भएर बस्न नदिने । आफु पनि भौतिक दुरीलाई कायम राख्ने ।
टिमले उपरोक्त माथि लेखिए बमोजिम कार्य सम्पादनमा सहयोग गरेमा वा गर्न लगाए यो महामारी रोगको रोकथाम राम्रोसँग सफल हुने देखिन्छ । यसरी आफु आफ्नो घर परिवार, टोल/टोल गर्दै जिल्ला भर र देशमा नै धेरै मानिसहरूको ज्यान जोगिनका साथै रोग नियन्त्रणमा टेवा पुग्ने थियो । यो एक उदाहरणिय काम हो । यस कार्यलाई सफल बनाउनका लागि खास गरी स्थानीय सचेत युवाहरु, बुद्धिजीवीहरु, जनप्रतिनिधिहरुको सक्रियतामा सफल हुनका साथै धेरै मानिसहरुको ज्यान बच्ने देखिन्छ ।

बारा, नेपाल


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...