Saturday 3rd October 2026

जन्मदिनको अवसरमा दीपाले भनिन्, ‘अब गल्ती दोहोर्‍याउने छैन’


काठमाडौँ -अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको आज जन्मदिन परेको छ । जन्मदिन उनले परिवार र नजिकका साथीहरुसँग मनाउदै छिन् । जन्मदिनको अवसरमा उनलाई विभिन्न माध्यबाट शुभकामनाका प्राप्त भइरहेका छन् । जन्मदिनकै अवसर पारेर उनले केही समयपछि सार्वजनिक अभिव्यक्ति समेत राखेकी छन् । विशेष गरेर ‘महानायक’ विवादपछि मिडिया, सामाजिक सञ्जाललगायतमा कुनैपनि माध्यमबाट सार्वजनिक अभिव्यक्ति नदिएकी दीपाले ‘महानायक’ विवादको विषयमा फेरि दर्शकसँग हात जोडेर माफी मागेकी छन् ।

करिव ८ मिनेट फेसबुक लाइभमा रहेकी दीपाले आफ्नो ३० वर्ष लामो कलाकारिताको यात्रामा आधा समय पीडादायी नै भएको बताइन् ।दर्शकसँग केही समय दिन आग्रह गर्दै लाइभ सुरु गरेकी दीपाले समस्याबाट भाग्नुभन्दा त्यसलाई व्यवस्थापन गर्नु ठूलो कुरा रहेको बताउँदै यही फिल भएको कारण फेसबुकमा जोडिएको बताउँदै आफ्नो कुरा राख्न सुरु गरेकी थिइन् ।

२०६० सालमा निर्माण भएको हाँस्य सिरियल ‘तितो सत्य’ पछि कलाकारितामा आफुले पछाडी फर्किएर हेर्नु नपरेको समेत उल्लेख गरेकी दीपाले चलचित्र, टेलिचलचित्रमा दर्शकले दिएको माया प्रति आभार समेत ब्यक्त गरिन् ।‘कामको सफलता त पाएँ मैले । तर व्यक्तित्व विकासका कुरामा भने मेरो अझै कमजोरी रहेछ,’ दीपाले अगाडि भनेकी छन्, ‘मिडियामा कसरी बोल्ने, शिष्ट, सरल कसरी हुने, चलाखीपूर्ण रुपमा कसरी उत्तर दिने भन्नेमा मेरो अझै कमजोरी रहेछ । यो कुरा फिल गरे ।’

विवादले आफुलाई राम्रो शिक्षा दिएको बताएकी दीपाले ठूलो आँधीबेरी आएपछि रुखमा कुहिएका फलहरु झरे झैँ आफ्नो कमजोरी बिवादको आधीँबेरीले झारेको बताइन् । उनले थपिन् ‘अन्तरवार्तामा मैले तीवटा गल्ती गरे ।’उनले अन्तरवार्तामा जानु, आफ्नो आवेगलाई रोक्न नसक्नु र सिनियर कलाकारको बारेमा टिप्पणी गर्नु आफ्नो गल्ती भएको स्पस्ट परेकी छन् ।राजेश हमालको बारेमा गलत बोल्यौ भनेर भन्ने दीपकराज गिरीलाई पनि महानायक भनेर ट्रोल बनाइएको, टीमलाई नै गाली गलौज गरेको देख्दा आफुलाई आत्मग्लानी भएको समेत बताएकी दीपाले ‘अबदेखि यस्तो गल्ती नदोहार्ेयाउने प्रतिबद्धता समेत व्यक्त गरेकी छन् ।’ उनले उक्त लाइभमा अबको समय व्यक्तित्व विकास र राम्रो चलचित्र निर्माणमा दिने समेत उल्लेख गरेकी छन् ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...