Thursday 28th August 2025

कोरोना संक्रमण बढेपछि काठमाडाैं उपत्यकामा १ हप्ताको लागि निषेधाज्ञा जारी


तितोपाटी – नेपालमा एकै दिन १ हजार भन्दा बढि कोरोना संक्रमित र राजधानी उपत्यकामा २०० भन्दा बढि संक्रमित थपिएपछि काठमाडाैं उपत्यकामा भाद्र ३ गते बुधबार मध्यरात देखि १० गते देखि १ हप्ताको लागि काठमाडाैं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । काठमाडाैं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले बुधवार मध्यरात १२ बजेबाट एक साताका लागि उक्त निर्णय गरेको हो।

निषेध गरिएको अवधिमा औषधि, खाद्यान्नजस्ता अत्यावश्यकीय वस्तुको खरिदका लागि बाहेक घरबाहिर निस्कन नपाइने तीनवटै जिल्ला प्रशासन कार्यालयले वेबसाइटमा राखेको आदेशमा उल्लेख गरिएको छ।

अत्यावश्यकीय सेवामा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षा निकाय र अत्यावश्यकीय सामग्रीको ढुवानीबाहेक सवारी सञ्चालनमा पनि रोक लगाइएको छ। नियमित सवेा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १०ः३० बजेस्म्म र बेलुका ३ देपिख साढे ५ः३० बजेसम्म आवागन गर्न सक्नेछन् ।

त्यसबाहेक अहिले सञ्चालनमा रहँदै आएका सबै खालका उद्योग, व्यवसाय, पसल, रेस्टुरेन्टहरू पनि बन्द हुनेछन् भने बैंकहरूले न्यूनतम कर्मचारीमार्फत् स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेरमात्रै सेवा दिन पाउनेछन्। तीनवटै जिल्लामा अत्यावश्यक सामग्री ढुवानी गर्ने बाहेक कुनै सवारी साधन प्रवेश गर्न नपाउने आदेशमा उल्लेख छ। त्यसबाहेक तीनवटै जिल्लामा कुनै पनि निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधन पनि चलाउन पाइने छैन।

सरकारले कोरोनाभाइरसको रोकथाम र नियन्त्रणका लागि भन्दै गत वर्ष चैत ११ गतेबाट लकडाउन गरेको थियो। करिब चार महिनासम्म लकडाउन गरेपछि श्रावण ६ गते लकडाउनको अन्त्य गरेको थियो ।

काठमाडाैं जिल्ला प्रशासन कार्यालयबाट जारी निषेधाज्ञाः

 

भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट जारी निषेधाज्ञाः

 

ललितपुर जिल्ला प्रशासन कार्यालयबाट जारी निषेधाज्ञाः

 


सम्बन्धित शीर्षकहरु

इजरायली युद्धक विमानहरूले यमनको राजधानी सानामा हुथीहरू विरुद्ध आक्रमण गरे र दुई पावर स्टेशनहरू र इन्धन डिपो बाहेक राष्ट्रपति दरबार…

वासिङ्टन: राष्ट्रपति डोनाल्ड ट्रम्पले नजिकको राजनीतिक सहयोगी सर्जियो गोरलाई भारतका लागि अमेरिकी राजदूतको रूपमा नियुक्त गरेका छन्। नयाँ दिल्लीसँगको सम्बन्धमा…

कुवैत शहर, अगस्ट २३ आन्तरिक मन्त्रालय अन्तर्गतको लागूऔषध नियन्त्रण सामान्य विभाग (DCGD) निर्देशक ब्रिगेडियर जनरल मोहम्मद कबाजार्ड र उपनिर्देशक ब्रिगेडियर…

प्रतिकृयाहरू
...