Monday 19th January 2026

कुवेतमा मृत्यु भएका छबिलालकाे परिवारलाई सृजनशिल युवा समाजले गर्यो आर्थिक सहयोग


तितोपाटी – सिर्जनसिल युवा समाज कुवेतले कुवेतमा उपचारको क्रममा मृत्यु भएका छबिलाल पाण्डेको परिवारलाइ आर्थिक सहयोग गरेको छ । समाजले आफ्नै कोषबाट मृतक पाण्डेको परिवारलाइ नेपाली रूपैया २५०९५।- अक्षेरूपी पच्चीस हजार पन्चानब्बे रूपैयाँ सहयोग गरेको हो । समाजका कार्य समिति सदस्य समेत रहेका पाण्डे कुवेतमा ट्याक्सी ब्यावसायीको रूपमा कार्यरत थिए ।

अर्घाखाँची जिल्ला नुवाकोट वडा न. ६ घर भई लामाे समयदेखि कुवेतमा काम गर्दै आएका छविलाल पाण्डेको ३४ बर्षकाे उमेरमा मेई २७ तारिक २०२० बुधबारका दिन अस्पताल भर्ना भइ उपचारकाे क्रममा कोरोना संक्रमणको कारण जाबेर अस्पातलमा जुन-९ तरिक,२०२० मंगलबारका दिन अल्पायुमै अकल्पनीय मृत्यु भएको थियो ।

मृतक पाण्डेको घरको आर्थिक स्तिथि निकै कम्जोर रहेको र घर परिवारको लालन पालन र सन्ततीको उज्यालो भविष्यको लागि वैदेशिरक रोजगारीमा रहेका पाण्डेको मृत्यु पश्चात श्रीमती र बालबच्चाको दयानिय अबस्था रहेकोले सिर्जनशील समाजले तत्कालको लागि संस्थागत रूपमा केहि रकम सहयोग गरेको बताउँदै अन्य इच्छुक मनकारी दयालु मनका धनी जो कोहीले पनि सहयोग गर्ने सकिने बताउँदै सहयोगको लागि सिर्जनशिल युवा समाजका अध्यक्ष पुष्कर धामि वा उपाध्यक्ष बिजय लामालाइ सिधै सम्पर्क गरी वा मृतक पाण्डेको श्रीमतीको बैंक खातामा पनि पठाउन सकिने जनाइएको छ ।

इच्छुक सहयोग दाताले तपसिल बमोजिमको बैंक खाता वा मृतककि श्रीमती सरस्वती पाण्डेको नाममा पनि रेमिट्यान्स पठाउन सकिने छ ।

NIC Bank ARGHANCHI BRANCH
5087908078524001
SARASWATI PANDY
00977 9869943121


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...