Saturday 10th October 2026

कुवेतमा मृत्यु भएका छबिलालकाे परिवारलाई सृजनशिल युवा समाजले गर्यो आर्थिक सहयोग


तितोपाटी – सिर्जनसिल युवा समाज कुवेतले कुवेतमा उपचारको क्रममा मृत्यु भएका छबिलाल पाण्डेको परिवारलाइ आर्थिक सहयोग गरेको छ । समाजले आफ्नै कोषबाट मृतक पाण्डेको परिवारलाइ नेपाली रूपैया २५०९५।- अक्षेरूपी पच्चीस हजार पन्चानब्बे रूपैयाँ सहयोग गरेको हो । समाजका कार्य समिति सदस्य समेत रहेका पाण्डे कुवेतमा ट्याक्सी ब्यावसायीको रूपमा कार्यरत थिए ।

अर्घाखाँची जिल्ला नुवाकोट वडा न. ६ घर भई लामाे समयदेखि कुवेतमा काम गर्दै आएका छविलाल पाण्डेको ३४ बर्षकाे उमेरमा मेई २७ तारिक २०२० बुधबारका दिन अस्पताल भर्ना भइ उपचारकाे क्रममा कोरोना संक्रमणको कारण जाबेर अस्पातलमा जुन-९ तरिक,२०२० मंगलबारका दिन अल्पायुमै अकल्पनीय मृत्यु भएको थियो ।

मृतक पाण्डेको घरको आर्थिक स्तिथि निकै कम्जोर रहेको र घर परिवारको लालन पालन र सन्ततीको उज्यालो भविष्यको लागि वैदेशिरक रोजगारीमा रहेका पाण्डेको मृत्यु पश्चात श्रीमती र बालबच्चाको दयानिय अबस्था रहेकोले सिर्जनशील समाजले तत्कालको लागि संस्थागत रूपमा केहि रकम सहयोग गरेको बताउँदै अन्य इच्छुक मनकारी दयालु मनका धनी जो कोहीले पनि सहयोग गर्ने सकिने बताउँदै सहयोगको लागि सिर्जनशिल युवा समाजका अध्यक्ष पुष्कर धामि वा उपाध्यक्ष बिजय लामालाइ सिधै सम्पर्क गरी वा मृतक पाण्डेको श्रीमतीको बैंक खातामा पनि पठाउन सकिने जनाइएको छ ।

इच्छुक सहयोग दाताले तपसिल बमोजिमको बैंक खाता वा मृतककि श्रीमती सरस्वती पाण्डेको नाममा पनि रेमिट्यान्स पठाउन सकिने छ ।

NIC Bank ARGHANCHI BRANCH
5087908078524001
SARASWATI PANDY
00977 9869943121


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

रुसले युक्रेनको दक्षिणपूर्वी शहर जापोरिज्झियामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन जना बालबालिका रहेको स्थानीय…

प्रतिकृयाहरू
...