Tuesday 17th March 2026

कुवेतमा १८ अगष्टबाट सबै क्षेत्रहरु ५० प्रतिशत खुल्ने


हरि कृष्ण न्यौपाने – लामो समय देखि कोरोना संक्रमणका कारण बन्दाबन्दी(लकडाउन) रहेको र प्राय: क्षेत्रहरु ठप्प रहेको कुवेतमा आगामी अगष्ट १८ गते मंगलबारबाट जनजीवन समान्य हुने भएको छ।चौथो चरणमा जनजीवन सहज बनाउने निर्णय कुवेत सरकारको अगस्ट-१३ तारिक बसेको बैठकले गरेको हो।

द टाइम्स कुवेतले समाचारमा जनाए अनुसार कुवेत सरकारले सामान्य अबस्थाको संख्यामा ५० प्रतिशत भिडभाड रहने गरि होटल, रेस्टुरेन्ट, क्याफे र सार्वजनिक यातायात शुरू गर्न आदेश दिएको छ।

त्यसै गरी खेलकूद र स्वास्थ्य क्लबहरू, व्यक्तिगत हेरचाह पसलहरू,ब्यूटिपार्लर, सैलूनहरू र बार्बरसप,टेलरिंग पसल र कार्यशालाहरू पनि मंगलबारबाट खुल्ने छन।यहाको सरकारी र निजि कार्यालयहरु पनि खुल्ने छन।

तर सामान्य अबस्थाको संख्यामा ५० प्रतिशत मात्र भिडभाड हुने गरि खोल्ने भनिएको ब्यापार ब्यबसायमा पनि कोरोना संक्रमणबाट बच्ने उपायहरु अबलम्बन गर्नु पर्ने छ।विशेष गरि अरुबाट आफुलाई र आफुबाट अरुलाई कोरोना संक्रमण नहोस भन्नको लागि ग्लब्स लगाउने, मास्क लगाउने, समाजिक दूरी कायम गर्ने लगाएत फूटबल खेलहरुमा दर्शकहरु रहन नपाउने नियम कडाईको साथ लागू गरिने छ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

प्रतिकृयाहरू
...