Saturday 21st March 2026

नेपालमा कोरोनाको कारण कुल २५५५१ संक्रमित, जम्मा ९९ जनाको मृत्यु, १७०७७ जना निको भए


तितोपाटी – विश्वव्यापी महामारिको रूपमा फैलिएको कोभिड-19 नोवल कोरोना भाइरसको जोखिम नेपालमा पनि बढ्दो छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २५५५१ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ८३७५ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा २४० जना कोरोना जितेर घर फर्केका छन् भने  ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार शुक्रबार अपरान्ह सम्म कुल १७०७७ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि  मोरङ र सिरहामा १—१ र बारामा २ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ९९ पुगेको छ । गएको २४ घण्टामा ११,५७५ वटा पीसीआर परीक्षण गरिएको छ। हालसम्म देशभरभा ३९ वटा प्रयोगशालाबाट पीसीआर विधिबाट ४ लाख ९४ हजार ६ सय  १३ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा १४ हजार ६ सय ३८ जना रहेका छन् ।

हाल कोरोना संक्रमितको उपचारको लागि देशभर ९४२ अाइसियु बेड र ४९६ वटा भेन्टिलेटर रहेका छन् भने अाइसियुमा ९८ जना र भेन्टिलेटरमा ४ जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयको मिडिया ब्रिफिङमा बताइएको छ ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड ११ लाख ३७ हजार भन्दा बढि संक्रमित भइ १ करोड ३९ लाख ४९ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ७ लाख ५८ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...