Tuesday 17th March 2026

कुवेतमा रोजगारी गुमाएका श्रमिकहरु भन्छन”सरकार कुवेतको लागि चार्टर फ्लाइट खोइ?”


हरि कृष्ण न्यौपाने-कोरोना संक्रमणको कारण कुवेत अझै सम्म ५० प्रतिशत लकडाउनमा छ।फेब्रुअरी २१,२०२० हाला फेब्रुअरी(कुवेतको राष्ट्रिय दिवस)को सरकारी बिदाबाट शुरु भएको बन्दाबन्दी(लकडाउन) २९ फेब्रुअरी २०२०,बाट आधिकारिक घोषणाको साथ शुरु भएको पनि १६९ औं दिन भैसकेको छ।।कुवेतकै ईतिहासमा तेस्रो पटक लागू गरिएको (पूर्ण र आंशिक दुबै गरी)कर्फ्यू पनि आजको दिन सम्म १३९ औं दिन चल्दैछ।मार्च-१४,२०२० बाट बन्द भएको अन्तरास्ट्रिय ब्यवसायिक उडान कुवेतले अगस्ट-१, २०२० बाट शुरु गरे पनि नेपालमा अझै ब्यवसायिक उडान शुरु नहुँदा कुवेतमा समस्यामा परेर घर फर्किनै पर्ने अवस्थाका नेपाली कामदारहरु अझै अन्यौलताको साथ थप समस्यामा परेका छन।

कुवेतले ब्यवसायिक उडान शुरु नगर्दा सम्म महँगै भाडादरमा भए पनि केही चार्टर फ्लाइट मार्फत अप्ठेरोमा परेका नेपाली श्रमिकहरु फर्किन पाएकोमा बिगत १० दिन देखी त्यही चार्टर उडान पनि रोकिएको छ। खाडी लगायत अन्य देशमा समस्यामा परेका नेपालीहरुकालाई नेपाल सरकारले चार्टर उडान गरिरहे पनि कुवेतमा चार्टर उडान भर्दै आएको नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स तथा जजिरा एयरले अगस्ट १ तारिक देखी कुनै पनि उडान भरेका छैनन। कुवेतबाट घर फर्कनै पर्ने बिभिन्न वाध्यात्मक अवस्थामा रहेका नेपाली श्रमिक दाजुभाइ-दिदीबहिनीहरु यति बेला “घर न घाट”का भएका छन । कम्पनीले निकालेका, लामो समय देखी काम गर्न नपाएका लगायत धेरै त दैनिक खाद्द्यान्नकै समस्या परेका छन।

नयाँ चार्टर उडानबारे थप जानकारी आएको छैन-नेपाली राजादूताबास कुवेत

बिगत १० दिन देखी कुवेतको लागि चार्टर उडानहरु किन रोकिएको?भन्ने प्रश्नमा नेपाली राजादूतावास कुवेतकी सूचना अधिकारी समेत रहेकी दितिय सचिब जानकी ओझा भन्छिन”हामीले सम्बन्धित निकाय संग कुराहरु गरिरहेका छौ,नयाँ चार्टर उडानबारे थप जानकारी आएको छैन। हामी संग कुनै पनि नयाँ जानकारी आएमा हाम्रो फेसबुक पेजमा अपडेट गर्ने छौं।”घर जानै पर्ने अवस्थामा रहेका नेपालीहरुको नामावली निकाली रहने तर चार्टर उडान समेत रोकिएपछी श्रमिकहरु अझै समस्यामा परेका छन नि भन्ने प्रश्नमा ओझाले थपिन”हामीलाई पनि दैनिक अनगिन्ती कलहरु आएका छन र हामीहरुले नेपाल सरकार र कुवेत सरकारको सम्बन्धित निकायहरु संग समन्वय गरिरहेका छौं र छिट्टै समाधान हुनेमा आशाबादी छौं।”

“हामी घर न घाटका हुने भयौ”-घर फर्कने क्रममा रहेका श्रमिकहरु

५ महिनादेखी कम्पनीले बस्ने सुबिधा मात्र दिएको र कुनै पारिश्रमिक वा खानाको सुबिधा नपाएर घर जाने टिकटको प्रतिक्षामा रहेकी ईलामकी निना राइ भन्छिन”हामी सैलुन बन्द भए देखीनै काम र दाम नपाएर बसेको ५ महिना भयो।जजिराबाट घर जान रिण गरेरै भए पनि टिकट लिएको तर अन्त्यमा उडान नहुने भन्दै पैसा फिर्ता दियो।अहिले त झन कुनै उडान नहुने भयो।त्यही टिकट काटने पैसा पनि खाएर सकिने भयो।”उनले भनिन हामी चार जना महिला छौं, अब सौलुन खोल्ने कुनै निस्चित छैन भनेर साहुले घर जा भन्छ, आँफैले टिकट लिएर जाने भन्दा पनि टिकट पाइएन।”घर को न घाटको”पो हुने भईयो।
त्यस्तै समस्या छिन झापाकी कमला घलेको, उनी भन्छिन”काम पनि छैन दाम पनि छैन”भएर बन्द कोठामा बसेको ५ महिना भयो।भिसा सकिएको छ,साहुनिले सकेसम्म छिट्टै जाउ भनेको छ।पहिले दुताबासको घर जाने लिस्टमा नाम थिएन, जान पाइएन अहिले नाम निस्कियो उडान छैन।घले प्रती प्रश्न गर्छिन”के गर्ने होला?”

अझ एक ठुलै ब्यूटिसियन कम्पनीमा फेब्रोवरी पहिलो हप्ता आएकी काठमान्डौंकी बबिता रानाभाट भन्छिन”हाम्रो त अझै कुवेतको सिभिल आईडी पनि बनेको छैन।मेडिकल हुँदा हुँदै लकडाउन शुरु भयो कुवेतमा हामी संगै आएका ११ जना मध्ये एक जनाको घरमा समस्या भएर एक महिना अघी घर फर्किनु भयो, हामी १० जना कहिले खुल्ला कुवेत र काम शुरु होला भनेर बसी रहेका छौं।”उनले थपिन”कम्पनीले भिसा लगाउन शुरु गरेको भनेको छ।तर काम कहिलेबाट खुल्छ केही थाहा छैन।बस्न त दिएको छ, खाना महिनामा ५ किलो चामल र केही दाल तेल बाहेक पाएका छैनौं।उनी भन्छिन सायद कम्पनीले जा पो भन्ने हो कि?”

यसै गरी काम गरिरहेको रेस्टुरेन्ट बन्द भएको लामो समय भए पनि फेरी नखोल्ने भनेर साहुले घर जा भनीरहेको सुनाउदै दोलखाका सुमन काक्री भन्छन”अहिले सम्म त बस्ने ठाउँ कम्पनीले दिएको छ, अब अगस्ट २५ भित्र त्यो ठाउँबाट निस्की भनेको छ साहुले,फ्लाइट छैन।उनी थप्छन”दुई पटक त राहत लियौं अब कसलाई मागेर खाने होला?पहिलो पटका बिदेश आको एक बर्षमै फर्किनु पर्ने भयो तर अझै कसरी फर्किने कहिले फर्किने अन्यौलमा छौं।उनी थप्छन”पहिले त हरिसले दुई दिन बत्ती-पानी काटी दियो अहिले त दिएको छ, हामी तीन जनाको झन बिजोग हुने भयो।”

माथिका घटनाहरु केही प्रतिनिधी घटना मात्र हुन।तर नेपाल सरकारले भाद्र-१ (अगष्ट-१७)बाट ब्याबसायिक उडान सुरु गर्ने भनिए पनि नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै अरु १५ दिन उडान नगर्ने बताई रहेको अवस्थामा कुवेतमा तत्काल हप्तामा २/३ वटा चार्टर फ्लाइटको ब्यबस्था नगर्ने हो भने धेरै नेपाली श्रमिकहरु अझ थप समस्यामा पर्ने देखिएको छ।आशा गरौ नेपाली राजदूताबास कुवेत र नेपाल सरकारका सम्बन्धित निकायहरुले कुवेतमा रहेका र घर फर्कनै पर्ने अवस्थाका नेपाली श्रमिकहरुलाई सहज रुपमा छिट्टै फर्काउन चार्टर उडानको ब्यबस्थापन गर्ने छ।

(माथी उल्लेखित केही पीडितहरुको नाम ठेगाना उनिहरुको आग्रहमा परिवर्तन गरिएको छ।)


सम्बन्धित शीर्षकहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

प्रतिकृयाहरू
...