Wednesday 24th June 2026

बुद्ध सम्बन्धी जयशंकरको विवादित अभिव्यक्ति भारतले सच्यायो


तितोपाटी – भारतीय विदेशमन्त्री एस जयशंकरको बुद्ध सम्बन्धी विवादास्पद अभिव्यक्ति भारतीय विदेश मन्त्रालयले सच्चाएको छ। भारतीय विदेश मन्त्रालयले भगवान गौतम बुद्धको जन्मभूमिबारे मन्त्रीले दिएको अभिव्यक्ति सच्याएको हो। आइतबार साँझ भारतले बुद्ध लुम्बिनीमा जन्मिएको र त्यो नेपालमा पर्ने उल्लेख गरेको छ।

भारतले जयशंकरको अभिव्यक्ति बौद्ध विरासतसँग सम्बन्धित भएको भन्दै विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भनेका छन्, ‘यसमा कुनै शंका छैन कि गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन्। जुन नेपालमा पर्छ।’जयशंकरले एक सम्मेलनमा बुद्ध भारतीय भएको बताएपछि यसको नेपालमा चर्को विरोध भएको छ। नेपाल सरकारले गौतम बुद्ध भारतमा जन्मिएको भनी भारतीय विदेशमन्त्री जयशंकरको अभिव्यक्तिप्रति औपचारिक रुपमा खण्डन गरेको थियो।

परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै विदेशमन्त्री जयशंकरको उक्त भनाइको खण्डन गरेको थियो। गौतम बुद्ध नेपालमा जन्मिएको भन्‍ने तथ्य निर्विवाद र स्थापित रहेको उल्लेख गर्दै मन्‍त्रालयको विज्ञप्तीमा भनिएको थियो, ‘ऐतिहासिक तथा पुरातात्त्विक प्रमाणहरूबाट गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको भन्ने स्थापित भइसकेको छ र यो तथ्य निर्विवाद छ। बुद्धको जन्मस्थल र बौद्ध धर्मको धरोहर लुम्बिनी युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकत सम्पदामध्ये एक हो।’नेपालले जयशंकरको अभिव्यक्तिको खण्डन गरे लगत्तै भारतीय विदेश मन्त्रालयले उनको अभिव्यक्ति सच्याएको हो। 

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रतिकृयाहरू
...