Tuesday 17th March 2026

हवाई उडान र लामो दुरीका यातायात भदौ १५ देखि मात्रै खुल्ने


तितोपाटी – हवाई उडान र लामो दुरीका सार्वजनिक यातायात भदौ १५ देखि मात्रै सञ्चालन हुने भएका छन्। यसअघि मन्त्रिपरिषद बैठकले भदौ १ देखि नै आन्तरिक र वाह्य उडान तथा लामो दुरी (अन्तर जिल्लाका)का सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको थियो।

आइतबार बसेको कोभिड कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को बैठकले सो मिति सार्न मन्त्रिपरिषदमा प्रस्ताव गर्ने भएको एक मन्त्रीले जानकारी दिए।पछिल्लो समय कोरोनाको संक्रमण दर र मृत्युदर समेत बढ्दै गएको अवस्थामा हवाई उडान र लामो दुरीका यातायात सञ्चालन गर्ने मिति सार्ने निर्णय भएको उनले बताए।

सिसिएमसीले गरेको प्रस्तावलाई मन्त्रिपरिषद बैठकले पास गरेपछि मात्रै यो कार्यान्वयन हुनेछ। मन्त्रिपरिषदकाे बैठक भाेलि बस्नेछ।सिसिएमसी बैठकले उपत्यका लगायत देशका अधिकांश जिल्लामा संक्रमितको संख्या बढ्दै गएकाले आइसोलेसनको अभाव देखिएको ठहर गर्दै थप व्यवस्था गर्ने निर्णय पनि गरेको छ । स्थानीय तह र जिल्ला संकट व्यवस्थापन केन्द्रको समन्वयमा आइसोलेसन र क्वारेन्टिनको थप व्यवस्था गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

काठमाडौं। दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझएका छन्। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन्।…

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

प्रतिकृयाहरू
...