Thursday 1st October 2026

विदेशबाट शव ल्याउन समस्या


तितोपाटी – वैदेशिक रोजगारीमा निधन भएका शव ल्याउन समस्या भएको छ। कोरोना भाइरसका कारण अधिकांश देश लकडाउन भएका कारण शव ल्याउन समस्या भएको हो।वैदेशिक रोजगार बोर्डका अनुसार साउदी अरबबाट शव ल्याउन समस्या भएको छ। बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठका अनुसार चार्टर्ड उडानका कारण साउदीबाट शव ल्याउन समस्या परेको हो। ‘व्यावसायिक उडान सुरु हुनासाथ सबै शव ल्याइसक्छौ’ उनले भने। कोभिडका कारण अन्तर्राष्ट्रिय उडान सुरु नभएका कारण अन्य देशको तुलनामा साउदीबाट शव झिकाउन समस्या भएको हो।

सरकारले गत जेठ ३२ गतेदेखि चार्टर्ड उडानमार्फत वैदेशिक रोजगारीमा अलपत्र परेका कामदारलाई स्वदेश फकाईरहेको छ। बोर्डको अध्ययन अनुसार चार लाख कामदार कोभिडका कारण फर्कन सक्ने बताइएको थियो। त्यसमध्ये ३८ हजार कामदार स्वदेश फर्किसकेका छन्।सरकारले उक्त चार्टर्ड उडानमा शव पनि ल्याइरहेको छ। तर, समयमै शव ल्याउन सरकारलाई सकस परिरहेको छ। लकडाउनका अवधिमा निधन भएका चार सय ९७ जनाको शवमध्ये अझै ७६ शव ल्याउन सकिएको छैन। साउदीमा मात्रै ५६ वटा शव छन्। बोर्डका अनुसार संयुक्त अरब इमिरेट्स(यूएई) बाट ५, कुवेत र दक्षिण कोरियाबाट २/२, कतार र बहराइनबाट १/१ शव ल्याउन बाँकी छ।

चैैतयता वैदेशिक रोजगारीमा चार सय ९४ जनाको ज्यान गएको छ। त्यसमध्ये दुई सय ४६ वटा शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ। एक सय ७२ शव परिवारको सहमतिमा गन्तव्यस्थलमै अन्त्यष्टि गरिएको छ।बोर्डका अनुसार चैतयता मलेसियामा ९२, साउदी अरबमा एक सय ७३, कतारमा ७७, यूएईमा ८३, कुवेतमा १५, बहराइनमा ११, ओमान २, दक्षिण कोरिया ८ र अन्य देशमा २३ जनाको निधन भयो। १५ जना महिला र चार सय ७९ जना पुरुषको निधन भएको हो।

बोर्डले आर्थिक वर्ष २०७६/७७ मा ६ सय ६५ मृतकका परिवारलाई आर्थिक सहायता वितरण गरेको छ। मृतकका परिवारलाई ४१ करोड १४ लाख ४९ हजार रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ। गत आर्थिक वर्षमा निधन भएका चार सय ९४ जनाका परिवार भने यस आर्थिक वर्षमा आर्थिक सहायता पाउनेछन्।बोर्डले अंगभंग तथा बिरामी भएका दुई सय ४४ जनालाई ६ करोड ४४ लाख ४५ हजार रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ। बोर्डल वैदेशिक रोजगार छात्रवृत्ति, शव झिकाउन, औषधि उपचार, अभिमुखीकरणलगायत मृतकका परिवार र अंगभंग भएकालाई गरी गत आर्थिक वर्षमा ५२ करोड २३ लाख ३३ हजार दुई ९६ रुपैयाँ खर्च गरेको जनाएको छ।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...