Friday 10th April 2026

कुवेतमा घरेलु मदिरा उत्पादन केन्द्र चलाउने नेपालीहरु पक्राउ


हरि कृष्ण न्यौपाने-कुवेतको अहमदी प्रहरी सुरक्षाकर्मीहरूले फिन्तास भन्ने ठाउँमा नेपालीहरु द्वारा संचालित घरेलु मदिरा उत्पादन केन्द्रलाई छापा मारेको छ । त्यहाँबाट उक्त उत्पादन केन्द्र सन्चालन गर्ने एक महिला सहित केही नेपालीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कुवेतको अनलाइन पोर्टल आइमानमाटमा अगष्ट ६,२०२० का दिन प्रकशित समाचारमा तीन पुरुष र एक महिलाको तस्बिर सहित उनीहरुलाई प्रहरीले पक्राउ गरिएको जनाए पनि पक्राउ पर्नेहरुको परिचय र अन्य बिबरण भने खुलाईएको छैन। उक्त समाचारमा भनिएको छ “मदिरा उत्पादन केन्द्रवाट मदिरा उत्पादनमा प्रयोग गरिने ब्यारेल (ड्रमहरु), केही उपकरण र तयारी अबस्थामा रहेको मदिरा समेत जफत गरिएको छ।”

त्यस्तै गरि कुवेतको हवाली प्रहरीले आयातित र घरेलु मदिरा सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।उनलाई ग्राहकलाई बेच्न भनेर लैजान तयारी अबस्थामा पार्क गरिएको कारमा ५०० बोतल आयातित र घरेलु मदिरा सहित पक्राउ गरिएको हो। ती भारतिय नागरिकलाई प्रहरीले कानुनी प्रकृयाका लागि सम्वन्धित निकायमा पठाएको छ।


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय स्रोतहरूका अनुसार, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानमार्फत वाशिंगटनलाई १०-बुँदे प्रस्ताव पठाएको छ र अप्रिल १० मा इस्लामाबादमा प्रत्यक्ष…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको बमबारी र आक्रमणको अभियानलाई स्थगित गर्ने घोषणा गरेका छन् । इरानले पठाएको १० बुँदे…

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

प्रतिकृयाहरू
...