Sunday 11th October 2026

बिरूवा हुर्काउनु छ -बि. आर. उप्रेती


बिरुवा रोप्न सजिलै होला तर हुर्काउन मेहनत गर्नुपर्छ ।
जे पनि भन्न त सजिलो छ तर गर्नुपर्दा गाह्रो सहनुपर्छ ।।

नदि नाला स्व्च्छ पानी आमाले दिनु भएको जानी जानी ।
यस्तो उर्वराको भूमि आमाले दिनु भएको ठानी ठानी ।।

चारैतिर हरियाली अनि ओखती मुलो खाँचो छैन ।
हामीले दृष्टि नदिई बिरुवा फस्टाउन सकेको छैन ।।

बिरुवा रोप्न सजिलै होला …………….
यस्तो भर्खरै बामे सर्ने अबोध शिशुलाई ।
संम्रक्षण त गर्नुपर्छ भन्ने ज्ञान पाई पाई ।।

बिरुवा बढाउन हुर्काउन हामी पछि नपरौं ।
बालकको अगाडि कुस्ती र झगडा नगरौं ।।

-बि. आर. उप्रेती
बारा, नेपाल


सम्बन्धित शीर्षकहरु

नयाँदिल्ली। भारतको ककक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दिप्के, सहसंयोजक सौरव दास र आशुतोष रङ्का प्रहरी नियन्त्रणबाट रिहा भएका…

लगातारको वर्षापछि आएको भीषण बाढीले बूढीगण्डकी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल…

युक्रेनको दक्षिणी सहर जापोरिझ्झिया (Zaporizhzhia) मा रूसले शनिबार पाँचवटा ग्लाइड बम प्रहार गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ। मृतकमध्ये…

प्रतिकृयाहरू
...