Friday 11th September 2026

पत्नी हत्याका अभियोगी पुर्वडिाआइजी कोइराला थुनामुक्त


तितोपाटी – पत्नी हत्या अभियोगमा जेल परेका सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइराला सजाय भुक्तान गरी जेलमुक्त भएका छन् । सर्वाेच्च अदालतले उनको कैद सजाय साढे आठ वर्षमा झारिदिएपछि उनी बिहीबार डिल्लीबजार कारागारबाट छुटेका हुन् ।

उनलाई लिन प्रेमिका तारा रेग्मी गाडी लिएर गएकी थिइन् । त्यही मुद्दामा तारा पनि एक वर्ष जेल बसेर छुटेकी थिइन् । रेग्मीबाहेक उनलाई लिन अन्य आफन्त कोही गएनन् ।

कोइरालालाई जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएकोमा सर्वाेच्चले गत १५ असारमा कैद घटाइदिएपछि उनी छुटेका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले उनी साढे आठ वर्ष जेल बसे पुग्ने फैसला गरेको हो । सर्वस्वसहित जन्मकैद अर्थात् २० वर्ष कैद र उनको भागको सम्पत्तिमा दुई छोराबाहेक उनको हिस्सा सरकारले लिने गरी जिल्ला र तत्कालीन पुनरावेदन तहमा फैसला भएको थियो ।

पुनरावेदनबाट सर्वोच्चमा आउँदा कर्तव्य गरी मारेको, अनुसन्धान अधिकारी र अदालतमा बयान बदलेकोजस्ता सबै तथ्य न्यायाधीशद्वारा स्वीकार गर्दागर्दै पनि उनको सजाय घटाइएको छ ।

यसमा मुख्य आधार कोइरालाले श्रीमतीलाई तत्काल आवेशमा आई हत्या गरेको देखिएकाले र गीताको मृत्युपछि दुई छोराको हेरचाह, संरक्षण र शिक्षादीक्षामा दूरगामी प्रभाव पर्न जाने हुँदा सजाय घटाइएको उल्लेख छ ।


सम्बन्धित शीर्षकहरु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँदिल्लीमा महत्वपूर्ण द्विपक्षीय वार्ता भएको छ। आगामी BRICS शिखर सम्मेलनको पूर्वसन्ध्यामा…

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ।…

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

प्रतिकृयाहरू
...