Sunday 26th May 2024

पत्नी हत्याका अभियोगी पुर्वडिाआइजी कोइराला थुनामुक्त


तितोपाटी – पत्नी हत्या अभियोगमा जेल परेका सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइराला सजाय भुक्तान गरी जेलमुक्त भएका छन् । सर्वाेच्च अदालतले उनको कैद सजाय साढे आठ वर्षमा झारिदिएपछि उनी बिहीबार डिल्लीबजार कारागारबाट छुटेका हुन् ।

उनलाई लिन प्रेमिका तारा रेग्मी गाडी लिएर गएकी थिइन् । त्यही मुद्दामा तारा पनि एक वर्ष जेल बसेर छुटेकी थिइन् । रेग्मीबाहेक उनलाई लिन अन्य आफन्त कोही गएनन् ।

कोइरालालाई जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएकोमा सर्वाेच्चले गत १५ असारमा कैद घटाइदिएपछि उनी छुटेका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले उनी साढे आठ वर्ष जेल बसे पुग्ने फैसला गरेको हो । सर्वस्वसहित जन्मकैद अर्थात् २० वर्ष कैद र उनको भागको सम्पत्तिमा दुई छोराबाहेक उनको हिस्सा सरकारले लिने गरी जिल्ला र तत्कालीन पुनरावेदन तहमा फैसला भएको थियो ।

पुनरावेदनबाट सर्वोच्चमा आउँदा कर्तव्य गरी मारेको, अनुसन्धान अधिकारी र अदालतमा बयान बदलेकोजस्ता सबै तथ्य न्यायाधीशद्वारा स्वीकार गर्दागर्दै पनि उनको सजाय घटाइएको छ ।

यसमा मुख्य आधार कोइरालाले श्रीमतीलाई तत्काल आवेशमा आई हत्या गरेको देखिएकाले र गीताको मृत्युपछि दुई छोराको हेरचाह, संरक्षण र शिक्षादीक्षामा दूरगामी प्रभाव पर्न जाने हुँदा सजाय घटाइएको उल्लेख छ ।


सम्बन्धित शीर्षकहरु

म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई २-१…

कुबेत “भाषा अनि संस्कृतिमा बिभिधता विकाश निर्माणमा हाम्रो ऐक्यबद्धता” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित संस्था खोटाङ-कुवेत सम्पर्क मञ्चको आफनो…

भनौँ मैले के भनूँ कसरी भनूँ यो समयको कुरा दैवले हो जान्नु किन गर्छौ अरूको कुरा मात्र के सिक्यौ तिमीले…

प्रतिकृयाहरू
...