Sunday 15th February 2026

नेपालमा कोरोना संक्रमितको संख्या १८ हजारबाट उकालो लाग्यो, थप २ जनाको मृत्यु


तितोपाटी -नेपालमा कोरोना संक्रमितको संख्या १८ हजारबाट उकालो लागेको छ । कोभिड-१९ को विश्वव्यापी महामारीको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएर १८०९४ पुगेको छ भने देश भरका अस्पताल तथा अाइसोलेसन सेन्टरमा मा ५३६८ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा २०७ जना कोरोना जितेर घर फर्केका छन् भने २ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार बुधबार अपरान्ह सम्म कुल १२६८४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि धनुषाका ६० वर्षीय १ पुरुष र पोखरा बस्दै आएकी ४९ वर्षीया चिनियाँ महिलाको कोरोनाको कारण ज्यान गएको छ भने अहिलेसम्म ४२ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । हालसम्म देशभरका २७ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट ३ लाख २७ हजार ६ साय १४ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा २० हजार ८ सय ४२ जना रहेका छन् । नेपालका ७७ जिल्ला मध्ये हाल भोजपुर, पाँचथर, धनकुटा, संखुवासभा, रसुवा, मनाङ, मुस्ताङ जिल्लामा एक जना पनि संक्रमित छैनन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ५१ लाख ७५ हजार भन्दा बढि संक्रमित भइ ९१ लाख ७२ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ६ लाख २१ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १२औँ विश्व सम्मेलन, १२औँ बहुप्रतिक्षित अन्तर्राष्ट्रिय महाधिवेशन तथा वार्षिक साधारणसभा २०२५ काठमाडौंमा आयोजना गर्ने भएको…

अमेरिका र बंगलादेशबीच नयाँ व्यापार सम्झौता भएको केही घण्टामै मंगलबार भारतका प्रमुख कपडा कम्पनीहरूको सेयर मूल्यमा तीव्र गिरावट आएको छ।…

इस्फहान इरानको सबैभन्दा संवेदनशील आणविक स्थलहरूमध्ये एक हो। यहाँ युरेनियम रूपान्तरण, अनुसन्धान तथा भूमिगत संरचनाहरू रहेका छन्। विगत केही वर्षदेखि…

प्रतिकृयाहरू
...