Wednesday 1st April 2026

बलिवुडका प्रख्यात अभिनेता अमिताभ र छोरा अभिषेकमा कोरोना संक्रमण, परिवारका अन्य सकुशल


तितोपाटी – बलिवुडका प्रख्यात अभिनेता अमिताभ बच्चन कोरोना संक्रमण भएको छ । गएराती उनलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो । अभिनेता अमिताभ बच्चन हाल बम्बईको नानावटी अस्पतलाको आइसोलेसनमा उपचाररत छन् । अस्पतालका अनुसार अमिताभलाई हल्का कोरोनाको लक्षण देखिएको छ । डक्टरहरुको एक समूहले उनलाई निगरानी गरिरहेको छ ।

७७ वर्षीय अमिताभलाई कोरोना पोजेटिभ देखिएपछि उनका सम्पर्कमा आएका अन्यलाई समेत कोरोना परिक्षण गरिएको छ ।

अमिताभले यो खबर सामाजिक सञ्जालमा पोष्ष्ट गरे लगत्तै उनका छोरा अभिषेकले पनि आफूलाई पनि कोरोना पोजेटिभ भएको सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । उनलाई पनि अस्पताल भर्ना गरिएको छ ।

अमिताभ र अभिषेकलाइ संक्रमण पुष्टि भएपछि घरका अन्य सदस्य अभिनेतृ तथा अमिताभ पत्नी जया, अभिषेक पत्नी तथा अभिनेतृ ऐश्वर्या र उनीहरुकी छोरी आरध्यालाई पनि कोरोना परिक्षण गरिएको थियो भने उनीहरू सबैमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...