Wednesday 11th March 2026

प्रधानमन्त्रीको राष्ट्रियताको नारा कागजी बाघ मात्रै हो


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रियताको नारा कागजी बाघ मात्र भएको टिप्पणी गरेका छन् ।नेता पौडेलले प्रधानमन्त्रीको राष्ट्रियताको कागजी बाघ दिनहुँ निरीह बन्दै गइररहेको समेत आरो लगाएका छन् । गण्डकी प्रदेशका कांग्रेस नेता–कार्यकर्ताहरुसँगको ‘भर्चुअल’ छलफलमा बोल्दै नेता पौडेलले प्रधानमन्त्रीले जति नै राष्ट्रियताको नारा लगाए पनि भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गर्न नसक्ने समेत दावी गरे ।

उनले नयाँ नक्सा जारी गर्न सबै दल एक ठाउँमा जुटेको सुनौंलो अवसरमा वार्ताको वातावरण बनाउँदै जानु पर्नेमा गाली गलौजमा उत्रिएर सरकार आफैले भारतसँगको वार्ताको वातावरण बिगारेको उनले आरोप लगाए ।कम्युनिष्टहरुको राष्ट्रियता मात्र नभएर समाजवाद पनि कागजी बाघ भएको दावी गदै नेता पौडेले भने, ‘कम्युनिष्टहरुले समाजवाद र समानता भन्ने गरे पनि भ्रष्टाचार गरेर नयाँ वर्ग जन्माउने काम गरिरहेका ।’

नेता पौडेलले गरिबी, अशिक्षा तथा महामारी रोक्न कम्युनिष्ट सरकार चौतफी असफल भइसकेको बताउँदै कम्युनिष्टहरुसँग जनता झुक्याएर सत्ता हत्याउने जालझेल बाहेक काम गर्ने ढङ्ग नभएको आरोप लगाए ।उनले कांग्रेसको १४ औं महाधिवेशन फागुनमा हुँदैन कि भन्ने शंका नगर्न नेता–कार्यकर्तालाई आग्रह गरे । पौडेलले फागुनमा महाधिवेशन गर्नका लागि पर्याप्त समय भएको बताउँदै कतै महाधिवेशन नगराउनेहरु सक्रिय हुन्छन् किन भन्नेमा खबरदारी गर्न आग्रह समेत गरेका छन् ।

-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता…

प्रतिकृयाहरू
...