Tuesday 29th September 2026

नेपालमा कोरोना संक्रमित थप तीनको निधन, मृत्यु हुनेको संख्या ३८ पुग्यो


तितोपाटी – कोरोना संक्रमित थप तीनजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंका दुई र सिन्धुपाल्चोकका एकजनाको मृत्यु भएको जानकारी दिए । मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिका– १० शंखमुल घर भएका ६० वर्षीय पुरुषको २६ असारमा मृत्यु भएको हो । उनी फोक्सोमा पानी जमेको र मिर्गाैलाको बिरामी भएर १६ असारमा पाटन अस्पताल भर्ना भएका थिए ।

त्यसैगरी काठाडौंको गोकर्णेश्वर नगरपालिका– ४ घर भएका ५४ वर्षीय पुरुषको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हाे । मिर्गौैला रोगी उनमा अस्पताल भर्ना भएपछि श्वास–प्रश्वासमा समस्या देखिएका थियाे । परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएकाे छ । उनको २५ असारमा मृत्यु भएको गौतमले बताए । सिन्धुपाल्चोकको पाँचपोखरी ६ घर भएका ४५ वर्षीय पुरुषको पाटन अस्पतालमा उपचारको क्रममा २५ असारमै निधन भएको गौतमले जानकारी दिए । क्षयरोगका बिरामी उनी १८ असारमा अस्पताल भर्ना भएका र २२ असारमा कोरोना संक्रमण पुष्टि भएको थियो ।थप तीनजनाको मृत्युसँगै कोरोना संक्रमणबाट हालसम्म निधन हुनेको संख्या ३८ पुगेको छ ।

-नयाँपत्रिका डेलीबाट


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...