Sunday 31st May 2026

मृत्यु भयो भनिएका बिरामी निको भएर घर फर्किए


तितोपाटी – उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन्। स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले कलेज तोडफोड गरेका थिए।भरतपुर महानगरपालिका–२२ का १८ वर्षीय आशिष विक निको भएपछि मङ्गलबार अस्पतालबाट घर फर्किएका हुन्।

एपेन्डिसाइटिसको शल्यक्रिया गरेका विकलाई समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।सोही समयमा निजको मृत्यु भयो भन्ने हल्ला भएसँगै उनका आफन्तले अस्पतालमा तोडफोड गरेका थिए। तोडफोडबाट अस्पतालको सघन उपचारकक्षको झ्यालका सिसा फुटेका थिए। तोडफोड गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

उपचारपछि डिस्चार्ज हुने क्रममा विकले आफूले नयाँ जीवन पाएको बताए।’मेरो मृत्यु भयो भन्ने हल्ला चलाइएछ तर अहिले डिस्चार्ज भएर घर फर्कँदै छु’, उनले भने।अस्पतालको अथक प्रयासपछि आफ्नो छोरोले नयाँ जीवन पाएको भन्दै उनका बुबा केदारले अस्पतालप्रति धन्यवाद ज्ञापन गरे। अस्पताल तोडफोडका विषयमा परिवार संलग्न नभएको उनले बताए।

‘तोडफोडमा मेरो संलग्नता थिएन’, उनले भने आफूले नबोलाए पनि मृत्यु भएको भनिएपछि इस्टमित्र र गाउँलेले अस्पताल तोडफोड गरेको उनले बताए।एपेन्डिसाइटिसको उपचारका लागि जेठ २७ गते चितवन मेडिकल कलेज उपचारका लागि ल्याइएको थियो।उनको जेठ २९ गते मृत्यु भएको भनी अस्पतालमा तोडफोड गरिएको थियो।बिरामीलाई घर पठाउँदै अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले एपेन्डिसाइटिस बिग्रिएर आन्द्राले काम गर्न छोडेकामा उपचारपछि निको भएर घर जान लागेको बताए।रगत नरोकिने (डिआइसी) भन्ने रोगको उपचार गरिएको थियो।

रगतमा सङ्क्रमणसमेत भएकाले बचाउन निकै कठिन भएको उनले बताए।यो रोगको सङ्क्रमण भएका बिरामी विश्वमा नै २० प्रतिशत मात्र बच्ने सम्भावना हुने गरेको उनले जानकारी दिए।अस्पतालले उपचारमा कहिल्यै लापरवाही नगर्ने भन्दै उनले अनावश्यक मानिसहरु भीड भएर तोडफोड र गालीगलौजमा उत्रँदा काम गर्नेहरुको मनोबल उच्च बनाउन कठिन हुने बताए।

-राससबाट 


सम्बन्धित शीर्षकहरु

रुसले तालिबान नेतृत्वको अफगानिस्तानसँग सैन्य–प्राविधिक सहकार्य सम्झौता गरेपछि दक्षिण एशियाको शक्ति सन्तुलनबारे नयाँ बहस सुरु भएको छ। अफगानिस्तानका कार्यवाहक रक्षामन्त्री…

भारतको रक्षा मन्त्रालयले आफ्नो पाँचौं पुस्ताको स्वदेशी स्टेल्थ लडाकु विमान कार्यक्रम Advanced Medium Combat Aircraft (AMCA) अन्तर्गत पाँच उडानयोग्य प्रोटोटाइप…

वास्तवमा परिवारका सदस्यहरूले बिउ राख्ने, सिँचाइ गर्ने, खेतको रेखदेख गर्ने, मल हाल्ने, रोग–किरा नियन्त्रण गर्ने लगायतका काममा सयौं घण्टा श्रम…

प्रतिकृयाहरू
...