Wednesday 19th March 2025

क्वारेन्टाइनको कथा-पहिलो दिन


पवन लामिछने-(जुलाई-०२-२०२०)आज अन्तिम उडान माल्दिप्सबाट नेपाल, जाउ कि नजाउ को दोधार बाट पनि जाने नै निर्णय गरियो। यस्तो बेलामा सकभर नजाउ भन्ने धेरैको सल्लाह सुझावको बेवास्ता गर्दै जे पर्छ टर्छ भन्ने हिम्मत र द्रिढ अठोटका साथ हानियो एअरपोर्ट तिर।सामन्य अवस्था मा ३ घन्टा अघि एअरपोर्ट पुग्नु पर्ने भएता पनि यो बिशेश उडान को लागि 6 घन्टा अघि नै एअरपोर्ट मा पैला राखियो जाहज १६० सिट क्षमताको भएता पनि अन्तिम उडान भएको र पहिलानै सबै गैसकेको कारणले हामी नेपालि जम्माजम्मी १२५ मात्र थियौ।सुरुमा सामान्य ज्वरो चेक गरेपछि मेडिकल सर्टिफिकेटको साथमा प्लेन भित्र गईयो।
हिमालय एयरलाइन्सको सिटमा पहिलेदेखिनै खाना पानी तयारी अवस्थामानै थियो।भनेकै समयमा नै उडान भर्यो, अरबी र अङ्ग्रेजी भाषा बोल्ने जाहाजमा चड्ने बानी परेको हामिलाइ आफ्नै देशको भाषामा जहाजको जानकारी सन्देश सुन्दा निकैनै रोमाञ्च अनुभुति पनि भयो।
करिब चार घन्टाको उडान पछि जहान त्रिभुवन बिमानस्थलमा अवतरण भयो।त्यहा पनि सामान्य स्वास्थ्य चेकजाँच भएपछि निकै सहज तरिकाले बाहिर निस्कियौं। एअरपोर्टका कर्मचारी पनि निकै नै भद्र र सहयोगी पायौं।बाहिर पट्टि आफ्ना-आफ्ना प्रदेशका गाडीहरु पहिलेदेखि नै तयारी अवस्थामा थिए।आफू गण्डकी प्रदेशको भएकाले अरु जाहजमा सङै आएका साथिहरु संग मन अमिलो बनाउदै छुट्टियौ।गाडी गण्डकी प्रदेशका सबै साथिहरु सहित होल्डिङ सेन्टरमा रोकियो।त्यहा पनि सामान्य ब्यक्तिगत विवरण संकलन गरेर बुटवल जाने गाडीमा खाना अनि पानीको ब्यवस्था सहित अन्य सउदिअरबबाट आएका नेपालीहरुसंग हामिलाइ पठाइयो। ढिलासुस्ती कहलिएको देशमा यति छिट्टै र सहज तरिकाले काम सम्पन्न गरेको देख्दा अचम्म पनि लाग्यो अनि मन मनै सरकार धन्यवाद पनि दिए।
बुटवल सम्म जाने मिनिबसको सम्पुर्ण सिट फुल नै थिए।समाजिक दुरि अपनाउनु पर्नेमा अपनाएको देखिएन।भाडा पनि साबिक भन्दा तीन गुणा महङ्गो लीइयो तर असामान्य स्थितिमा पनि सहज र छरितो यात्रा गर्न पाएकोमा चित्त बुझाइयो।लगभग ४ घन्टामा काठमाडौंबाट पहिलो चोटि गैंडाकोटमा गाडी रोकियो।प्रहरीबाट फेरि पनि ब्यक्तिगत विवरण संकलन गर्ने काम भयो।म संगै माल्दिप्सबाट आएका एकजना गैंडाकोटको साथि लाई छाडेर गाडी सिधै अमरपुरी लक्ष्मी मा. बि.मा रोकियो।
मेरा दुबै दाजु तथा क्वेरन्टाइनका ब्यवस्थापक कुमार दाइ पहिले देखिनै उत्त स्थानमा मेरै प्रतीक्षामा हुनुहुदो रहेछ।झर्ने बेलामा सुरुमै आफुलाइ अछुत महसुस गरे मैले।न मैले मेरा दाजुहरुलाइ ढोग्ननै सके नत अन्कमाल गर्न।मेरा सबै लगेज मैलेनै बोक्नु पर्यो।मेरा दाजुहरुले लगेज छुन पनि नमिल्ने हुदा भाइको दुख हेर्न बिबस बन्नुपर्यो र अन्त्यमा लक्ष्मी मा बि नजिकैको निर्माणधिन जनमुखी आदर्श कलेजको दोस्रो तल्लमा सम्पुर्ण समान सहित पुग्न सफल भए।सुत्नको लागि एउटा कक्षा कोठानै मेरो बेड रूम थियो।सुत्नको लागि कुनै खाट तथा पलङ्ग केही होला भन्ने सोचेको थिए तर केही ब्यवस्था थिएन।अनि कक्षा कोठको भुइ लाईनै आफ्नो बिस्तरा बनाएँ।लक्ष्मी मा बिको क्वारेन्टाइनमा जम्मा १२ जना रहेका थिए।जस मध्ये ११ जान लक्ष्मी माबिमा र म १ जाना जनमुखी कलेजमा परेँ।त्यो ठुलो भबनमा म एक्लै थिएँ। झै पूरा निर्माण नसकिएको विशाल भवनमा एक्लै रात बिताउनु जो कोहिको लागि चुनौती बन्न सक्थ्यो,तर म एकान्त प्रिय भएकोले झन मालाइ रोमान्चित बनयो।
दाजुहरुले घरबाट ल्याइदिएको ओढ्ने-ओछ्याउने बिछ्याएर झ्याउकुरीको पट्टार लाग्दो आवजसंग मनमा अनेक कुराहरु खेलाउदै कतिबेला निन्द्रादेबीको काखमा पुगेँ थाहानै भएन।
बाँकी अर्को दिनको डायरीमा..
यो क्वारेन्टाइन डायरी माल्दिभ्सबाट फर्किएका पवन लामिछानेको भोगाइ र लेखाइ हो।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केटको ‘स्लिप इन्टू समर २०२५’ संग्रह आइपुगेको छ, जसले अपराजेय मूल्यहरूमा ताजा फेसन विकल्पहरूको लहर ल्याएको छ। आधिकारिक सुरुवात…

प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरुलाई लक्षित गर्दै शहरमा हराएका मूर्ति र भाइभाराहरुको खोजी भइरहेको कटाक्षसहितको कविता सुनाएका छन् । मदन…

राप्रपाका नेता नवराज सुवेदीकाे संयोजनमा तेस्रो जनआन्दोलनको घोषणा गरिएको छ । राजसंस्था पुनः स्थापनका लागि ठुला दलहरू छिटो नवीन समझदारीमा…

प्रतिकृयाहरू
...