Wednesday 15th May 2024

नेकपाको बैठक स्थगित, होटेलमा प्रचण्ड-नेपाल समूहको भेला


नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । बुधबार स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित भएपछि प्रचण्ड–नेपाल समूहका नेताहरू छलफलमा जुटेका हुन् ।

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीको राजीनामा मागेका प्रचण्ड-नेपाल समूहका नेताहरू सानेपास्थित एक रेष्टुरेन्टमा छलफलका लागि भेला भएका हुन् । छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत स्थायी कमिटीका ३० सदस्य सहभागी छन् । बिहीबार बस्ने स्थायी कमिटी बैठकअगाडि आफ्नो समूहको रणनीति बनाउन छलफलमा जुटेको एक नेताले बताए ।

बुधबारका बैठकमा सदस्यहरू योगेश भट्टराई, लीलामणि पोखरेल, मातृका यादव, पेसल खतिवडा र एनके प्रसाईंले धारणा राखेका थिए । स्थायी समिति बैठक स्थगित भएपछि बैठकमा उठेका विषय र निकासका विषयमा अब नेकपाका अध्यक्षद्वबीच छलफल हुने पार्टी प्रवक्ता श्रेष्ठले जानकारी दिएका थिए । तर, लगत्तै उनीसहितका नेताहरू छलफलमा जुटेका थिए ।

प्रवक्ताका अनुसार अध्यक्षहरूबीच छलफल भएपछि आवश्यकताअनुसार सचिवालयको बैठक पनि बस्ने र त्यहाँ छलफल भएर फेरि स्थायी समिति बैठक सुचारु हुनेछ । प्रधानमन्त्री ओलीले भारतले आफूलाई हटाउन खेल खेलिरहेको भनी दिएको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताको प्रक्रिया चालिएको विषयमा नेकपाभित्र चरम विवाद पैदा भएको छ । यसैलाई लिएर प्रचण्ड–नेपाल समूहका नेताहरूले प्रधानमन्त्रीको राजीनामा मागेका छन् ।

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

कर्नाटकको बिजापुरमा एउटा मञ्चमा सातवटा पङ्क्तिहरू छन्। पहिलो चार लाइनमा एघार, पाँचौं पङ्क्तिमा पाँच र छैठौं र सातौं लाइनमा सात।…

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा पेश गरिरहेका छन् । राष्ट्पति…

प्रतिकृयाहरू
...