Monday 14th September 2026

कविताः सरकार ! -विशाल बस्याल


सरकार !

मनबाट भाइरसको डर हटाउन के गर्ने ?
केही सिकाईदेउ सरकार !
भोकै छन मजदुरहरु
भोक मेटाईदेउ सरकार !

कृषकहरुको तरकारी बिकेको छैन
बिकाईदेउन सरकार !
हल्ला र त्रास धेरै भयो,
केहि हुन्न भनी आशा त जगाईदेउ सरकार !

सिमा,सिमामा रुदैछन गरिब दुखिया,
केही त बिकल्प निकाल्देउ सरकार !
गरिबको झुपडीमा चुलो बाल्ने
वाताबरण मिलाईदेउ सरकार !

दुई छाक नभएपनि
एकछाक त जुगाड गर्देउ सरकार !
चुनावमा नोट र पार्टीको झन्डा बितरण गर्ने
किन मौन छन ?
राहत बाढ्न साईत कुर्न पर्छ र?
केही त बताउ सरकार !

बिदेश गएका पनि नेपाली नै हुन ,
त्यो त बुझिदेउ सरकार ,
रेमिट्यान्सकै भर नपर सरकार !
घर आउन खोजेकालाई
सुरक्षित तरिकाले ल्याउन पहल गर सरकार !

होला गारो सरकारलाइ पनि, बुझ्छौ हामी
कुन बेला के गर्ने बुझिदेउ सरकार !
पार्टीको भन्दा राष्ट्रियताको झन्डा
फहराउन सरकार !
फहरान सरकार !

विशाल बस्याल
बगनासकाली – ८ बराङ्दी
आमडाडा, पाल्पा, नेपाल


सम्बन्धित शीर्षकहरु

१८औँ BRICS शिखर सम्मेलन, नयाँ दिल्ली (१२–१३ सेप्टेम्बर २०२६) को मुख्य निष्कर्षलाई हेर्दा यो सम्मेलन केवल औपचारिक घोषणाभन्दा बढी विश्व…

इरानमा युद्ध, प्रतिबन्ध, कमजोर हुँदै गएको राष्ट्रिय मुद्रा र तीव्र मुद्रास्फीतिका कारण सर्वसाधारणको दैनिक जीवन थप कठिन बन्दै गएको छ।…

कुवेतको आन्तरिक मन्त्रालयले शत्रुतापूर्ण क्षेप्यास्त्र तथा ड्रोनलाई कुवेती सुरक्षा बलले आकाशमै अवरोध गरिरहेको दृश्य खिचेर सामाजिक सञ्जालमा प्रकाशित गर्ने एक…

प्रतिकृयाहरू
...