Monday 27th July 2026

नेपालमा पछिल्लो २४ घण्टामा ४६३ जना नयाँ संक्रमित, १७९ जनाले कोरोना जिते


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १७९ जनाले कोरोना जितेर घर फर्केका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १२७७२ पुगेको छ भने नेपालका सतहत्तरै जिल्लामा कोरोनाभाइरस फैलिसकेको र देशका विभिन्न अस्पताल तथा अाइसोलेसन सेन्टरमा गरि जम्मा ९७३१ जना उपचाररत रहेको कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार अाइतबार अपरान्ह सम्म कुल ३०१३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । हालसम्म देशभरका २२ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट देशभरि २ लाख १५ हजार ८ साय ३८ जनाको परीक्षण भएको  छ भने क्वारेन्टाइनमा ६१ हजार ७ सय ३१ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड १ लाख १० हजार भन्दा बढि संक्रमित भइ ५४ लाख ८२ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ५ लाख १ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८…

एआईको बढ्दो प्रयोगसँगै विश्वभर डाटा सेन्टर निर्माणको विरोध बढ्दै गएको छ। एक अध्ययनअनुसार मानिसहरू एआईका अन्य जोखिमभन्दा यसको वातावरणीय प्रभाव—जस्तै…

सर्वोच्च अदालतले न्यायिक सेवामा नागरिकको पहुँच सहज बनाउन सोमबारदेखि इजलासबाट जारी हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीमा अपलोड गर्ने व्यवस्था…

प्रतिकृयाहरू
...