Thursday 9th April 2026

नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ११ पुग्यो


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६७ जनाले कोरोना जितेर घर फर्केका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या ६२११ पुगेको छ भने अहिलेसम्म ७३ जिल्लामा कोरोनाभाइरस फैलिसकेको छ । हाल ५१५१ जना बिभिन्न अस्पतालहरू तथा अाइसोलेसन सेन्टरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार सोमबार अपरान्ह सम्म कुल १०४१ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । हालसम्म देशभरका २२ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट देशभरि १३८६८३ परीक्षण भएको  तथा अारडिटी परिक्षणबाट २१९३३६ जनाको परिक्षण गरिएको छ भने क्वारेन्टाइनमा १ लाख ३३ हजार ८ सय २९ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ८० लाख १८ हजार भन्दा बढि संक्रमित भइ ४१ लाख ४१ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ४ लाख ३६ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...