Wednesday 11th March 2026

संचारकर्मी राजन नेपालको पहलमा गरिवको घर निर्माण


तितोपाटी- काठमाडौको तारकेश्वरमा संचारकर्मीको पहलमा गरिवका लागि घर निर्माण भएको

तारकेश्वर नगरपालिका वडा नं साङ्गलामा स्थनीय दुखी माइला श्रेष्ठलाई बस्ने घर निर्माण गरिएको हो सोही नगरपालीका वडा नं ढकालचौर बस्ने संचारकर्मी एवं समाजसेवी राजन नेपालको पहलमा सो आवास गृह निर्माण भएको हो

आर.एन बुलन्द मिडियाका अध्यक्ष  समेत रहेका राजन नेपालले लक डाउनको समयमा समस्यामा परेका व्यक्तिहरूलाई राहत बाँड्नेक्रममा माइला श्रेष्ठको घरमा पुगेको उहाँको दयनीय अवस्था देख्दा उनको घर बनाउने अठोट गरेको उनी बताउछन

यही लक डाउन को समय बीचमै अभियान चलाएर, घर निर्माण गरेर शनिबार माइला श्रेष्ठ घर हस्तान्तरण गरिएको हस्तान्तरण समारोहका प्रमुख अतिथिका रुपमा नागरिक समूहका अध्यक्ष तथा बुलन्द आवाजका संरक्षक निगम हुमागाँई , बिशेषअतिथिका रुपमा किसान अभियान्ता एवं बुलन्द आवाजका सल्लाहकार संयोजक उद्धव अधिकारी , नवजिवन परोपकार समाजकाअध्यक्ष दुर्गानाथ दाहाल , कलाकार तथा समता स्कुलका प्राचार्य अजय अधिकारी , स्थानिय जनप्रतिनिधिकाहरु अतिथिका रुपमाउपस्थित रहेका थिए

संचारकर्मी नेपालेको अगुवाईमा बिभिन्न दाताहरुसंग सहयोग उठाएर करिव ,३७,५९५ रुपैयामा माइला श्रेष्ठको घर निर्माण सम्पन्नभएको

आफूले सपनामा पनि पक्का घरमा बस्ने नसोचेका माइला श्रेष्ठले संचार कर्मी नेपाललाई भगवान् बनेर प्रकट भएको उनी बताउछन वर्षौंदेखि पुरानो जीर्ण झुपडीमा बस्दै आएका श्रेष्ठ सुविधायुक्त घरमा बस्न पाउनेभए पछि खुशी प्रकट गरेका छन


सम्बन्धित शीर्षकहरु

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता…

मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच कुवेतले आफ्नो सुरक्षालाई लिएर उच्च सतर्कता अपनाएको संकेत देखिएको छ। सोमबार बिहानदेखि मध्यरातसम्म कुवेतको हवाई…

प्रतिकृयाहरू
...